Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

‘द फेस’ को शिर्ष उपाधी प्रीसियस र आयुष्मालाई

Tuesday, January 11, 2022 Devil Singh Rajput

काठमाडौँ —  ललितपुरको कुपोन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा सम्पन्न ‘द फेस, भोल्यूम-२’ को उपाधि प्रीसियस श्रेष्ठ र आयुष्मा शाहले जितेका छन् । यु क्यान फ्लाई फेसनको आयोजनामा सम्पन्न प्रतियोगिताको प्रमुख प्रायोजकमा स्किन सिटि रहेको थियो भने सह-प्रायोजकमा मेक-अप दरबार र ग्रुमिङ पार्टनरमा क्लब फरेनहाइट रहेको प्रतियोगितामा अराउन्ड दि कर्नर, पिज्मा साउन्ड एन्ड लाइट र लेक ट्वान्टी थाउजेन्ड फार्म रिट्रीट सपोर्टर रहेको थिए । समसाद शाहको डिरेक्सन, स्वीकृति प्याकुरेलको व्यवस्थापन साथै सुजित बस्यालको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा सेजल महर्जन र फिबिका चौलागाईं ‘फस्ट रनर अप’ तथा आर्यन कार्की र प्रीति भट्ट सेकेण्ड रनर अप घोषित भए। विधागततर्फको अवार्डमा कन्फिडेन्ट जयदेश राई र स्नेहा कार्की, पर्सनालिटी साईमोन तामाङ र आयुष्मा शाह, फोटोजेनिक आर्यन कार्की र आयुष्मा अधिकारी, फिजिक् पासाङ तामाङ र प्रीसा जोशी, वाक प्रीसियस श्रेष्ठ र आयुष्मा अधिकारी , इन्फ्लुएन्सर प्रीसियस श्रेष्ठ र साकुरा पुरी, मल्टीमिडिया बबिस पौडेल्र ओजस्वी महर्जन, स्किन प्रीसियस श्रेष्ठ र आयुष्मा अधिकारी घोषित भए । त्यसैगरी पब्लिक चोईस अवार्डका निमित्त ग्लोबल अनलाइन पे मार्फत गरिएको अनलाईन भोटिङमार्फत सर्वाधिक मत प्राप्त गरि प्रीसियस श्रेष्ठ र जिज्ञासा महर्जन पब्लिक चोईस अवार्ड विजेता बन्न सफल रहे ।