Friday 25th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

मिस्टर एण्ड मिस टिन शेर्पा २०२२ (सिजन – ४) को अडिसन शनिबार सम्पन्न

Monday, January 10, 2022 Devil Singh Rajput

काठमाडौं। मिस्टर एण्ड मिस टिन शेर्पा २०२२ (सिजन – ४) को अडिसन शनिबार सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्र.लि.को आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२२ को अडिसन काठमाडौंस्थित नेपाल शेर्पा संघको भवनमा सम्पन्न भएको हो । आयोजक तथा गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ शेर्पाका अनुसार काठमाडौं सहित सिन्धुपाल्चोक ,सोलुखुम्बु ,संखुवासभा,भोजपुर ,ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट सहभागी अडिसन अन्तरर्गत २० जना भन्दा बढीले सहभागिता जनाएका छन् । पहिलो चरणमा छुटेकाहरुलाई पाँच दिन सम्म समय थपिएको छ । शेर्पा जातिको भाषा,धर्म,कला,सस्कृति,भेषभुषा तथा रितिरिवाजलाई संरक्षण,प्रबर्द्धनको साथै शेर्पा किशोर ,किशोरीहरुमा भएको प्रतिभालाई उजागर गर्ने उदेश्यले यो कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिइन् । यसको ट्यालेन्ट राउण्ड माघ ८ गते फाइनल राउण्ड भने माघ अन्तिम तिर प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।