Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

काठमाडौंको बौद्धमा युवती र युवक मृत फेला

Friday, January 7, 2022 National Power

काठमाडौं-  काठमाडौंको बौद्धमा युवक–युवतीको शव भेटिएको छ । महानगरी प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौं महानगरपालिका– ६ बौद्धको एक घरमा दुई जनाको शव भेटिएको हो । राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा उनीहरुको शव भेटिएको हो ।

बिहीबार राति पौने १ बजे महानगरीय प्रहरी परिसर काठमाडौं घटनाबारे खबर प्राप्त भएको थियो । खबर प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको उहाँले बताउनुभयो । संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला पर्नुभएको हो । धारिलो हतियार प्रयोग गरि दुवै जनाको हत्या गरिएको देखिएको एसपी मैनालीले बताउनुभयो ।

मृत दुवै जना २०–२२ दिनदेखि लिभिङ टुगेरमा बस्दै आउनुभएको र उहाँको चिनजान पब्लिक गेम पब्जीबाट भएको पछिल्लो अनुसन्धानबाट खुलेको मैनालीको भनाइ छ । मृतक दुवै जनाको शव पोस्टमाटमा लागि शुक्रबार बिहान ५ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । पोस्टमाटपछि थप तथ्य बाहिर आउने उहाँले बताउनुभयो ।