Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

नेपाली चलचित्र उद्योग उत्थानका लागि कोटा प्रणाली लागु गर्ने तयारी

Friday, January 7, 2022 National Power

काठमाडौं-  केही वर्षयता नेपाली चलचित्र बजारमा विदेशी चलचित्रले बाजी मार्न थालेपछि घरेलु बजारमा कोटा प्रणाली लागू गर्ने वहस भइरहेको छ । नेपाली चलचित्रको बजार माथि उठाउन विदेशी चलचित्रमा कोटा प्रणाली लागू गर्ने चलचित्रकर्मीहरुको माग रहँदैआएको छ । विदेशी चलचित्रलाई कोटा प्रणालीमार्फत प्रदर्शन गरिनुपर्ने आवाज धेरै पहिलेदेखि उठ्ने गरेपनि व्यवहारमा अहिलेसम्म लागू हुन सकेको छैन ।

सामान्य भाषामा भन्नुपर्दा हिन्दी तथा साउथ इन्डियन चलचित्रहरु नेपाली चलचित्रका लागि थ्रेट बन्नेगरेका छन् । नेपालमा विदेशी चलचित्रलाई नेपाली चलचित्रभन्दा बढी प्राथमिकता दिने गरिन्छ । विदेशी चलचित्र पनि नेपाली चलचित्र जसरी नियमित प्रदर्शन हुनेगर्दा नेपाली चलचित्र उद्योग छाँयामा पर्नेगरेको छ ।

नेपाली चलचित्रको तुलनामा विदेशी चलचित्र बढी लगानीमा निर्माण हुने र प्राविधिक हिसावले पनि सम्पन्न हुने भएरै विदेशी चलचित्रले नेपाली थिएटरमा बजार लिनेगरेको विश्लेषकहरुको बुझाई छ । नेपाली चलचित्र हेर्नेभन्दा हिन्दी चलचित्र हेर्नेको भीड लाग्ने गरेको छ । विदेशी चलचित्रप्रति नेपाली दर्शकको क्रेज झन झन बढ्दैगएको छ । यसको कारण लगानी तथा प्राविधिक पक्ष रहेको चलचित्र विश्लेषकहरुको बुझाई छ ।

शहरमा सुविधासम्पन्न नयाँ हलहरु खुल्नेक्रम पनि जारी छ । पुराना हलहरु बन्द भएर नयाँ मल्टिप्लेक्स हलहरु खुल्ने गरिए पनि नेपाली चलचित्रले बजार लिन नसक्दा नेपाली थिएटर संकटमा पर्नेगरेका छन् । विदेशी चलचित्रको क्रेज भएकै कारण चलचित्र व्यवसायीहरुले मङ्हगोमा खरिद गरेर नेपाल भित्र्याउने गर्छन् । जसका कारण हलवालाले ती चलचित्रलाई नेपाली चलचित्रलाईभन्दा बढी महत््व दिन्छन् ।

यसअघि गत जेठमा नेपाल चलचित्रकर्मी संघ प्रदेश १ ले प्रदेश १ सरकारलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको थियो । प्रदेश १ मा नेपाल चलचित्रको प्रवद्र्धन गर्दै चलचित्र नगरीको रुपमा विकास गर्न विभिन्न मागसहित चलचित्रकर्मी संघले ज्ञापनपत्र बुझाएको बताएको थियो ।

नेपाली चलचित्रकर्मीले भने आफ्ना चलचित्र विकास तथा यसलाई प्राथमिकता दिन विदेशी चलचित्रमाथि कोटा प्रणाली लागू गर्नुपर्ने माग गर्दैआएका छन् । तर माग गरेपनि विदेशी चलचित्रलाई लगाम लगाउनेगरी नियम भने बन्न नसकेको चलचित्रकर्मीहरुको भनाई छ ।

नेपाल चलचित्र विकास बोर्डका एक अधिकारीकाअनुसार विदेशी चलचित्रमाथि कोटा प्रणाली लगाउने विषयमा वहस भएपनि टङ्गो लागिसकेको छैन । यस विषयमा छलफल जारीरहेको उहाँको भनाई छ । त्यसका लागि केही समय कुर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।

गोरखापत्रबाट