काठमाडौं – नेकपा (एमाले)का नेता विष्णु रिजालले एमालेमाथि घेराबन्दी गर्ने पाँच दलिय गठबन्धनको राष्ट्रियसभा निर्वाचन नै अन्तिम किस्सा भएको दावी गरेका छन् । उनले मंगलबार सामाजिक संजाल फेशवुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘एमालेलाई घेराबन्दी गर्ने अन्तिम किस्ता हो । अदालत, सभामुख, संवैधानिक आयोग, सरकारलगायतको मिलेमतोमा नेकपा ९एमाले०लाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्रहरु अब सकिएका छन्।’ नेता रिजालले अध्यादेशका भरमा एमाले विभाजन गरेर अनेक गठजोडका साथ ०७४ को जनादेशका भरमा ०७८ मा परिणाम निकाल्न खोजिएको आरोप लगाएका छन् ।
अहिलेको राष्ट्रियसभा निर्वाचनले जनता र जनमत दुवैको प्रतिनिधित्व नगर्ने पनि उनको ठहर छ । उनले भनेका छन्, ‘राष्ट्रियसभाको निर्वाचनले न जनमतको प्रतिनिधित्व गर्दछ न त अहिलेको शक्ति सन्तुलन नै बोक्दछ । दलको परीक्षण जनमतमा हुन्छ र त्यसको निर्धारण प्रत्यक्ष निर्वाचनले मात्रै गर्दछ।’ उनले पाँचदलिय गठबन्धनलाई स्यल र एमालेलाई बाघको छालाका रुपमासमेत तुलना गरेका छन् । पाँचदलिय गठबन्धनको वर्तमन सरकारलाई स्यालको रजाइँसम्म भनेका छन् ।
‘बाघको छालामा स्यालको रजाइँ धेरै दिन टिक्दैन र अब हुने निर्वाचनमा पाँचै दल एक ठाउँमा भएर चुनाव लडे पनि नेकपा ९एमाले० लाई फरक पर्दैन । किनभने, सय स्याल मिले पनि एक बाघको शिकार गर्न सक्दैनन् भन्ने तथ्य घाम जत्तिकै छर्लङ्ग छ,’ उनले भनेका छन् ।