Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

प्रधानन्यायाधीश पत्नी रेजीको नाममा अर्ब बढीको अवैध सम्पत्ति !

Wednesday, January 5, 2022 National Power

 

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका परिवार र अन्य आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन दिएका डा गोविन्द केसीले यसै विषयमा अर्को उजुरी पनि हालेका छन् ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट डा केसीले हिजो ९मंगलबार० पूरक निवेदन दिएका हुन् । जसमा उनले प्रधानन्यायाधीश जबराकी पत्नी रेजी राणा क्षत्रीका नाममा अवैध स्रोतबाट आर्जित एक अर्ब बढीको सम्पत्ति रहेको दाबी गर्दै छानबिन गर्न विभागसँग आग्रह गरेका छन् ।

यसअघि डा। केसीले यही पुस ११ गते प्रधानन्यायाधीश जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा स्रोत नखुलेको सम्पत्ति रहेको भन्दै छानबिन र कारबाही गर्न माग गरी पहिलो निवेदन दिएका थिए ।