Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

उत्तर कोरियाद्वारा अज्ञात मिसाइल प्रहार, नयाँ वर्षको पहिलो परीक्षण

Wednesday, January 5, 2022 National Power

काठमाडौं –  उत्तर कोरियाले समुद्रमा एक अज्ञात मिसाइल प्रहार गरेको दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले जनाएको छ । जापानको कोस्ट गार्डले सबैभन्दा पहिले यसबारे जानकारी दिएको थियो । सो बालिस्टिक मिसाइल हुनसक्ने उनीहरूको भनाइ थियो । यसबारे पुष्टि हुन भने बाँकी रहेको छ ।

संयुक्त राष्ट्रले उत्तर कोरियामाथि कुनै पनि बालिस्टिक या परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ । यदि यो पुष्टि भयो भने उत्तर कोरियाको वर्षको पहिलो क्षेप्यास्त्र प्रहार हुनेछ । केही दिनअघि मात्र किम जोङ उनले कोरियाली प्रायद्वीपमा बढ्दो अस्थिर सैन्य वातावरणको कारण उत्तर कोरियाले आफ्नो रक्षा क्षमता मजबुत बनाउन जारी राख्ने बताएका थिए । गत वर्षको आफ्नो पार्टीको अन्तिम बैठकमा उनले सो कुरा बताएका थिए ।

जेसीएसले आफ्नो बयानमा भनेको छ, ‘दक्षिण कोरियाली र अमेरिकी गुप्तचर विभागले विस्तृत जानकारीका लागि यसको सूक्ष्म विश्लेषण गरिरहेको छ । सन् २०२१ देखि नै उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रम विस्तार जारी राखेको छ । उत्तर कोरियाको मिडियाले यसमा हाइपरसोनिक मिसाइल, ट्रेनमा आधारित बालिस्टिक मिसाइल र एउटा नयाँ लामो दुरीको क्रुज मिसाइल परीक्षण शामेल रहेको छ ।