Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

थप २२४ जना सङ्क्रमण, चार जनाको मृत्यु

Friday, December 31, 2021 National Power

काठमाडौं-पछिल्लो २४ घण्टामा २२४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८८५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार १९९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा चार जना मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९४ पुगेको छ । यसैगरी, देशभर हालसम्म चार हजार ८७९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ३९ हजार १५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।