Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

जोर्डनको संसदमा सांसदहरुबीच ‘फाइट’, मुक्का प्रहारबाट ढले उपसभामुख

Wednesday, December 29, 2021 National Power

एजेन्सी – जोर्डनको संसद्मा सांसदहरुबीच कुटाकुट भएको छ । सांसदहरुबीच विवाद भएपछि हात हालाहाल सम्मको स्थिती सृजना भएको हो । विशेषत सत्ता पक्ष र विपक्षका सांसदहरुबीचको विवादका कारण कुटाकुट भएको समाचार एजेन्सीहरुले बताएका छन् । संसदमा सभामुखले उपसभामुखलाई सदन छोड्न भनेर उर्दी गरेपछि विवाद सृजना भएको थियो । उक्त हानाहान भएको डिडियोसमेत सामाजिक संजालमा भाइरल भएको छ । उक्त भिडियोमा सांसदहरुबीच मुक्का हानाहान भइरहेको छ । उपसभमुख त मुक्का हानाहानमा भुइँमै ढलेको दृष्या कैद भएको छ ।

सुरुमा संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएको बताइएको छ । उक्त मन्तव्यपछि सांसदहरु तिरविर भएका थिए । ती सांसदलाई आफ्नो भनाइ फिर्ता लिन र क्षमा माग्नसमेत आग्रह गरिएको थियो । उनी सत्ता पक्षको सांसद भएको बताइएको छ ।