Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

नेप्लिज फेशन होममा योमरी पुन्हि मनाइयो

Tuesday, December 21, 2021 Devil Singh Rajput

मिस नेवाः र मिस लिटिल नेवाःका विजेता, उपविजेता तथा पूर्व मिस नेवाःहरुले आइतबार योमरी पुन्ही दिवस मनाएका छन्।

ती सौन्दर्य प्रतियोगिताका सहभागीहरुले नेप्लिज फेसन होममा भेला भएर एक–अर्कालाई योमरी बनाउन सिकाएर योमरी पुन्ही मनाएका हुन्। आफूहरुले सिकेको योमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा योमरी बनाएर यो चाड मनाउने मिस नेवाः विजेताहरुले बताए।

नेवार चाड पर्वमध्यको महत्त्वपूर्ण पर्व योमरी पुन्ही भएकाले यो दिवस मनाइएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्। योमरी संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि आफूहरुले मिस नेवाःहरुलाई हरेक वर्षझैं यस वर्ष पनि योमरी बनाउन सिकाएको अध्यक्ष मानन्धरले बताइन्।

कार्यक्रममा मिस नेवाः र मिस लिटील नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, प्रवन्ध निर्देशक अशोक कुमार श्रेष्ठ मिस नेवाः हरु सुनीता डंगोल, नीतु डंगोल, कृषा महर्जन, प्रिया तण्डुकार, मिस लिटील नेवाः आर्या श्रेष्ठ, रिकृष्णा डंगोल, प्रकृति महर्जन, नयना शाक्य, इभान जोलिना महर्जन, तिसा तण्डुकार, वितिषा कंसाकार उपविजेतालगायतका साथमा अभिभावकहरु सहभागी थिए।

यसैबीच नेवार समुदायको सांस्कृतिक महत्व, जातीय पहिचान, मूल्य मान्यता एवं भाषा, भेषभूषाको सम्वद्र्धन एवं प्रवद्र्धनलाई प्रतियोगितात्मक कार्यक्रमबाट युवापुस्तामा सचेतना फैलाउने उद्देश्यले आयोजना हुँदै आएको १६औं संस्करणको मिस नेवाः प्रतियोगिताको तयारी आरम्भ भएको मानन्धरले जानकारी गराएकी छिन्।