Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

म्यूजिक खबरको सम्मान तथा पुरस्कार घोषणा 

Monday, December 20, 2021 National Power

 काभ्रे, ५ पुस – नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ मा वरिष्ठ गीतकार राजेन्द्र थापालाई दीर्घसाधना सम्मान अर्पण गरिने भएको छ ।पोहोर साल खुशी फाट्दा, पर लैजाउ फूलहरू, क्या दामी, याद गर्न पनि, गाला रातै, पहिलो नम्बरमा लगायतका सयौं सदाबहार गीतका स्रष्टा वरिष्ठ गीतकार राजेन्द्र थापालाई यस वर्षको म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्न लागिएको हो ।

त्यसैगरी यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान गायक रामप्रसाद खनाललाई अर्पण गरिने भएको छ । गायक खनाल लोकदोहोरीको क्षेत्रमा प्रबद्र्धकका रूपमा चिनिन्छन् । उनी दोहोरी प्रतिस्पर्धालाई उचाइमा पुरू्याउन महत्वपूर्ण भूमिका खेल्ने गायकका रूपमा परिचित छन् ।तीन दशकअघिदेखि गीतसंगीतमा क्रियाशील खनालका चार दर्जन गीति एल्बम बजारमा आइसकेका छन् भने फुटकर गीतहरू पनि प्रकाशित भएका छन् । उनले नेपाल टेलिभिजनबाट दोहोरीलाई सबै नेपाली सामु पुर्याउन सफल भएका थिए भने पत्रकारिता, गायन र लेखनका कार्यमा पनि उत्तिकै क्रियाशील छन् ।

त्यसैगरी यस वर्षको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार वरिष्ठ रङ्गपत्रकार विदुर गिरीलाई अर्पण गरिन लागिएको छ । उनी नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको समाचार सम्पादक र कामना सिनेमा मासिक पत्रिकाको सम्पादकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।वि.सं. २०४७ सालमा साप्ताहिक गतिविधिमा नाटक, चलचित्र, टेलिचलचित्र, भिडियो चलचित्र, सांस्कृतिक गतिविधि, फेशन, गीत संगीतलगायतको मनोरञ्जन क्षेत्रलाई विषय बनाई स्तम्भ लेखन शुरू गर्नुभएका विदुर गिरी निरन्तर हालसम्म पनि क्रियाशील रहँदै आएका छन् । उनले ०४९ सालदेखि ०५३ सालसम्म सिने मासिक कामनामा संवाददाता हुँदै कार्यकारी सम्पादकको रूपमा कार्य सम्पादन गरिसकेका छन् ।

त्यस्तै गायक हेमन्त शर्मा र गायिका सीता थापालाई यस वर्षको म्यूजिक खबर दशकको स्रष्टा सम्मान अर्पण गरिने भएको छ । गायक हेमन्त शर्मा दुई दशक लामो समयदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील रहेका छन् । मुटुभित्र गुन्जिरहन्छ तिम्रो नाम गीतबाट सांगीतिक क्षेत्रमा पाइला चाल्नुभएका शर्माले अंकुरण समूह हुँदै काठमाडौंसम्मको यात्रामा सयौ गीतहरूमा स्वर भरिसकेका छन् । उनका ओ प्रिय, माया साह्रै महंगो, थाप न थाप, आउँदै गर मालती, मूल हौ भने रसाइदेउ लगायतका गीतहरू चर्चाको शिखरमा छन् ।

त्यस्तै गायिका सीता थापा काँठ क्षेत्रको सांगीतिक इतिहास बोकेकी गायिका हुन् । उनले गाएका लोकदोहोरी, काठे तथा पूर्वेली गीत, चलचित्र गीत लगायतले उहाँको गायकीलाई उचाइमा पुरयाउन सफल भएको हो । उनको स्वरमा रहेको काँचो ओखर, नयाँ बानेश्वर, काठमाडौं सिंहदरबार, गालैमा रै’छ डण्डीफोर, ऊनीको पछ्यौरी, खानीखोला, दुई रूपैयाँको बिंडी, घर हाम्रो रापेछाप, मोरालाई पड्काइदिन्छु सौताको छोरालाई, सिन्धुली बर्दिबास, घुम्तीमा पहिरो छ लगायत रहेका छन् ।

त्यसैगरी यस वर्षको युवा प्रतिभा संगीत सम्मान गायक राजु ढकाललाई अर्पण गरिने भएको छ । गायक राजु ढकाल विगत दुई दशकदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । उनको स्वरमा रहेका वर्ष दिन भो, लौरी हरायो, दुई बिसेले छोयो, पिरतीको इतिहास, नहाँसी नहुने, तिम्रै माया लाग्छ सानु, के गरेर हो लगायत सयौं गीतहरू बजारमा आइसकेका छन् । गायन र मोडलिङसँगसँगै उहाँको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोषाध्यक्ष पदमा रहेर सांगठनिक जिम्मेवारी पनि सम्हालिरहेका छन् ।त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका सफलता श्रेष्ठलाई अर्पण गरिन लागिएको छ । गायिका श्रेष्ठ पछिल्लो समयमा गायनका माध्यमले अगाडि बढिरहेकी छिन् ।