Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

कमेडी हरर एक्सन प्रधान मुभी चलचित्र ‘डोरी ‘दि रोप” ‘ निर्माणको घोषणा

Sunday, December 19, 2021 National Power

काठमाण्डौ – जी सेवेन प्रोडक्सनको ब्यानरमा बन्न लागेको निर्देशक अरुण लामाको निर्देशन रहने नेपाली कथानक चलचित्र ‘डोरी’को घोषणा गरिएको छ । यस् अघि केही लघु चलचित्र, शर्ट फिल्म र डकुमेन्ट्रीमा समेत आफुले राम्रो अनुभव बटुलिसकेका निर्देशक लामाको भने यो डेब्यु चलचित्र हो । उनका अनुसार उनले यस चलचित्रमा सबै नयाँ कलाकारहरु अनुबन्धित गरेका छन ।

चलचित्रमा उनी स्वयम पनि अभिनय गर्ने तयारीमा छन भने उनीसंगै राज पौडेल, सिद्धार्थ सिंह, सरोज लामिछाने, वीरेन्द्र सिंह, श्रवण क्षेत्री, राज थापा, मिलन राई, सौरभ नुतन, प्रिन्स शेर्पा, विशाल किराती, पूर्ण नेपाली, भीम मगर लगायतका कलाकारहरुको अभिनय रहने छ भने अन्य बांकी कलाकारहरु पनि अडिसनद्वारा छनौटको क्रममा छन ।

यस् चलचित्रमा अभिनय गर्न लाएका कलाकारद्वय सिद्धार्थ र सरोजले भने केही साता अघि नेपालमा नै छांयाकन सम्पन्न भएको बलिउड चलचित्र ‘उचाई’मा समेत कलाकारको रुपमा अभिनय गर्न भ्याईसकेका छन ।

नेपाली सिनेमाको ईतिहासमा नै यस् फिल्मको कस्तो स्वाद शायदै देखिने छ भन्ने कुरामा निर्देशक लामा विश्वस्त छन भने सिनेमाले दर्शकलाई एकै साथमा हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणले भरपुर आनन्द दिलाउने छ’उनले थपे