Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

चाइना हस्पिटलबाट नयाँ शैलीमा उपचार

Sunday, December 19, 2021 Devil Singh Rajput

काठमाण्डौ -चाइना हस्पिटल काठमाण्डौले नयाँ शैलीमा २०६५ सालदेखि परम्परागत चाइनिज बिधीद्धारा प्यारालाइसिस,पार्किसन, पत्थरी,पाइल्स फिस्टुला, महिलाहरुको समस्या,हड्डी तथा नशा रोग साथै छाला सम्बन्धी रोगहरु अत्यन्तै सर्बसुलभ दरमा उपचार गर्दै आएको छ । उपचारमा चाइनिज परम्परागत पद्दति साथै स्थानीय जडिबुडिको प्रयोग गर्दै आएको यस अस्पतालले २०७२ सालदेखि निशुल्क तालिम तथा हेल्थ क्याम्प पनि संचालन गर्दै आएको छ। हालसम्ममा अस्पतालले स्याङ्जा, म्याग्दी, सिन्धुपाल्चोकका दुर्गम स्थानहरुमा सेवा पुर्याउदै आएको छ भने गाउँघरमा पाइने स्थानिय जडीबुडीको फाइदा र उपयोगिताबारे पनि सिकाउदै आएको छ ।

यस हस्पिटलले उपलब्ध गराउदै आएको सेवाको कदर गर्दै चीन सरकारले २०७३ सालयता चासो दिई सहकार्य गर्दे आएको हस्पिटल श्रोतले जनाएको छ ।जसमा टिएआई (टिसिएम) हस्पिटल तथा सेकेण्ड ट्रेडिसन मेडिसिनले प्रविधि सहित बिज्ञहरु पठाई मद्धत गर्दै आएको छ ।यस संस्थामा ट्रेनिङ लिन चाहने स्वास्थ्यकर्मीहरुका लागि चाईना नेपाल टिसिएम सेण्टर बसुन्धारामा सम्पर्क गर्न सकिनेछ । जसको सम्पर्क नम्बरहरु 9813112323, 01 -5903088,4955388 वा वेभसाइट बाट ChinahospitalOfnepal.comबाट समेत लगिन गर्न सकिनेछ।

यस अस्पतालले हस्पिटलमा निशुल्क सेवा लिन चाहने र दिन चाहनेहरुका लागि सदैव स्वागत गर्ने नीति लिएको छ । धेरैजना मिलेर सहकार्य गर्नसके यसलाई अझै प्रभाबकारी बनाई धेरैभन्दा धेरैलाई सेवा दिन सकिने अस्पतालले जनाएको छ । उपचार गर्दै रोजगारीसमेत श्रृजना गर्ने, स्थानिय जडीबुडी हरुको पहिचान र उपभोग गर्ने साथै चीन नेपाल दुबैको परम्परागत उपचार पद्दति पहिचान गरी देशका जनताहरुलाई सेवा प्रदान गर्ने उद्देश्य अस्पतालले बोकेको छ ।

यस अस्पतालले कोरोना महामारीको समयमा पनि जनताको लागि सेवा बढाउन बिभिन्न पुस्तकहरु तयार गरी बितरण समेत गरेको जानकारी अस्पतालका प्रमुखले जानकारी दिएका छन् । हाल यस अस्पताल काठमाण्डौको बसुन्धरा चोकबाट दक्षितर्फ अवस्थित छ।