Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

कसरी हुन्छ एनआरएनएको वर्तमान विवादको समाधान ? एनआरएनएका सचिव आरके शर्मासँगको कुराकानी (भिडियोसहित)

Friday, December 17, 2021 Devil Singh Rajput

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन समयमा गर्न नसकेपछी बर्तमान नेतृत्व बिबादमा मुछिएको छ भने सँस्थाको भविस्य नै संकटमा परेको छ । यसै संकटको अवस्थामा प्रतिनिधिसम्बन्धी विवाद सर्वसम्मतिका आधारमा समाधान गर्नका लागि अध्यक्ष कुमार पन्तले बुधवार मात्रै चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेका छन ।

उक्त समितिमा संघका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री रहेको बताईए पनि यो विवादमै छ ।


अध्यक्ष पन्तद्वारा बुधबार जारी गरिएको वक्तव्यमा संघभित्र देखिएको बिषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आइसीसी सदस्यहरुसँग सल्लाह जारी राखेको उल्लेख समेत गरेका छन । पन्तले संवाद र सहमतिका लागि समिति गठन गरेको समेत जनाए पनि यसमा धेरै गैरआवासीय नेपालीहरुले बिश्वाश गरेका छैनन ।

यसैबीच बुधबार नै निर्वाचन समितिले समेत एक सूचना प्रकाशित गरी निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सूची पूर्णरुपमा प्राप्त नभैसकेकाले यस अघि प्रकाशित गरिएका निर्वाचन पकृयाका सबै कार्यतालिका स्थगन गरिएको समेत जनाएको छ ।

यसै परिप्रेक्ष्यमा एनआरएनएका आईसिसि सचिव एबं आगामी १० औं अधिवेशनका लागी उपाध्यक्ष पदका उम्मेदवार आरके शर्माले अबको बिकल्प सहमती नै भएकाले सबै गैरआवासीय नेपालीहरुले ईगोको लडाई नलडि संस्था जोगाउन लाग्नुपर्ने बताएका छन ।

सचिव शर्मासँग हालको विवाद समाधान गर्न गरिएको कुराकानी (भिडियोसहित)