Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

बनेपाको जनागालमा महिन्द्रा गाडीको सर्भिस सेन्टर     

Monday, December 13, 2021 National Power

 काभ्रेपलान्चोक – महिन्द्रा गाडीको आधिकारीक सर्भिस सेन्टर शिफा नेशनल अटो वर्कशपले आफ्नो आधिकारिक सेल्स तथा सर्भिस सेन्टरको उद्घाटन गरेको छ । यसको उद्घाटन बनेपा नगरपालिकाको प्रमुख लक्ष्मी नरसिंह बादेले गर्नु भएको थियो ।

उक्त सर्भिस सेन्टर बनेपाको जनागाल स्थित साझा पेट्रोल पम्प अगाडि ग्राण्ड समर प्यालेस रिसोर्ट जाने बाटोमा रहेको छ । सिफा नेशनल अटो वर्कशपले आफ्ना ग्राहकहरुलाई सहज होस् भन्ने उद्देश्यले सर्भिस सेन्टर स्थापना गरेको हो ।

अन्य सर्भिस सेन्टरमा जस्तै यसमा पनि सातै दिन तथा २४ सै घण्टा सर्भिस सेवा उपलब्ध हुनेछ । कुनैपनि स्थानमा गाडी बिग्रेमा सोही स्थानमा गई गाडी मर्मत गर्ने सुविधा पनि दिइने निर्देशक जयराम गिरिले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

सेन्टरमा आधुनिक प्रविधिबाट गाडीको चेक जाँच तथा मर्मत गरिन्छ भने गाडी सफा गर्ने सुविधा रहेको अर्का निर्देश इम्तिहाज मल्लिकले बताउनु भयो । 

उद्घाटन कार्यक्रममा नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष एवम् व्यवसायी रन्तकुश रन्जित, उपाध्यक्ष एवम् व्यवसायी नवराज मानन्धर, काभ्रे उद्योग बाणिज्य संघका महासचिव तथा व्यवसायी रबिन्द्र बैदार, बनेपा नगरपालिका वडा नं. ११ को वडा अध्यक्ष शिव कुमार थापा, महेन्द्र कम्पनीको country म्यानेजर ट्पास पटनाइक, सेल्स इन्चार्ज सुदिप राज सुवेदी, सर्भिस म्यानेजर केशव अधिकारी , डिलर इन्चार्ज रजनिस पृयादर्शी लगायतको उपस्थिति रहेकोे थियो । साथै यस वर्कशपमा महेन्द्रा कम्पनीको पार्ट्स लगायत
सम्पूर्ण गाडीको पार्टसहरु उपलब्ध हुने बताइएको छ ।