काठमाण्डौ – सरला श्रेष्ठको शब्दरचना, कृति न्यौपानेको संगीत तथा शिव परियारको स्वरमा सम्झौता बोलको गीत सार्वजनिक भएको छ । प्रेममा घातप्रतिघातको अवस्था सिर्जना भएपछि कयौँ युवायुवतीहरूको सुन्दर जीवन भताभुंग हुन सक्ने भएकोले विश्वासमाथि खेलबाड गर्नु नहुने तितो सत्यलाई भिडियोले कलात्मक कथावस्तुका साथ प्रस्तुत गरेको छ ।
आकाश श्रेष्ठ र गरिमा शर्मा अभिनीत भिडियोमा रामकुमार के.सी.को छायांकन, शर्मिला सुनुवारको सौन्दर्य विन्यास, सन्तोष राजबहाकको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ । ओएसआर डिजिटलको अफिसियल युट्यब च्यानलबाट सार्वजनिक भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।