Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

कोरोनाले थिलो पारेको चलचित्र क्षेत्र उठाउन “प्रिमियर शो” गर्दै लक्की मिडिया हाउस

Friday, November 26, 2021 Devil Singh Rajput

चितवन । कोरोना महामारीले प्राय सबै क्षेत्रमा असर गर्यो । यसबाट सबै भन्दा बढी मारमा पर्ने क्षेत्र चलचित्र रहयो । दोस्रो लकडाउन पश्चात पनि अरु व्यवसाय खुले तर चलचित्र क्षेत्रमा अझै सोचे जस्तो प्रगति हुन सकिरहेको छैन । निर्माता निर्देशकहरु प्रदर्शनको तयारीमा रहेका चलचित्रलाई समेत प्रदर्शन गर्न डराइरहेका छन् । लगानी उठाउन हम्मे पर्ने हो कि भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको अवस्था छ । यस्तो समयमा मोफसलकै चर्चित लक्की मिडिया हाउसले “प्रिमियर शो” गर्ने भएको छ । दर्शकको उपस्थिति कस्तो हुने हो भन्ने हलवालाहरुलाई नै चिन्ता भइरहेका बेला प्रिमियर शो गर्नु आफै पनि मुस्किल काम हो । तर लक्की मिडिया हाउसले चलचित्र क्षेत्रकै उत्थानका लागि उक्त प्रिमियर शो गर्ने भएको हो ।

“कोरोनाले नेपालको चलचित्र उद्योगलाई तहसनहस बनाएको छ। भूकम्पले घर भत्काए जस्तै अहिले कोरोनाले चलचित्र उद्योगलाई भत्काएको छ। नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो। सोही उद्देश्यका साथ हामीले प्रिमियर शो आट्यौं ।”, लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरि कार्की ‘लक्की’ले बताए ।

लक्की मिडिया हाउसले चलचित्र ‘चपली हाइट ३’ को प्रिमियर शो गर्ने भएको हो । पौष १ गते साँझ ६ बजे क्युएफएक्स जलमा सिनेमा हलमा प्रिमियर शोको आयोजना गरिएको छ । कार्यक्रमको तयारी तिव्र गतिमा भइरहेको लक्कीले जानकारी गराएका छन् । निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ,अर्पण थापा, दिपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जिबन भट्टराई र सुष्मा निरौला लगायतको अभिनय रहेको छ ।