Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

कोरोनाले थिलो पारेको चलचित्र क्षेत्र उठाउन “प्रिमियर शो” गर्दै लक्की मिडिया हाउस

Friday, November 26, 2021 Devil Singh Rajput

चितवन । कोरोना महामारीले प्राय सबै क्षेत्रमा असर गर्यो । यसबाट सबै भन्दा बढी मारमा पर्ने क्षेत्र चलचित्र रहयो । दोस्रो लकडाउन पश्चात पनि अरु व्यवसाय खुले तर चलचित्र क्षेत्रमा अझै सोचे जस्तो प्रगति हुन सकिरहेको छैन । निर्माता निर्देशकहरु प्रदर्शनको तयारीमा रहेका चलचित्रलाई समेत प्रदर्शन गर्न डराइरहेका छन् । लगानी उठाउन हम्मे पर्ने हो कि भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको अवस्था छ । यस्तो समयमा मोफसलकै चर्चित लक्की मिडिया हाउसले “प्रिमियर शो” गर्ने भएको छ । दर्शकको उपस्थिति कस्तो हुने हो भन्ने हलवालाहरुलाई नै चिन्ता भइरहेका बेला प्रिमियर शो गर्नु आफै पनि मुस्किल काम हो । तर लक्की मिडिया हाउसले चलचित्र क्षेत्रकै उत्थानका लागि उक्त प्रिमियर शो गर्ने भएको हो ।

“कोरोनाले नेपालको चलचित्र उद्योगलाई तहसनहस बनाएको छ। भूकम्पले घर भत्काए जस्तै अहिले कोरोनाले चलचित्र उद्योगलाई भत्काएको छ। नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो। सोही उद्देश्यका साथ हामीले प्रिमियर शो आट्यौं ।”, लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरि कार्की ‘लक्की’ले बताए ।

लक्की मिडिया हाउसले चलचित्र ‘चपली हाइट ३’ को प्रिमियर शो गर्ने भएको हो । पौष १ गते साँझ ६ बजे क्युएफएक्स जलमा सिनेमा हलमा प्रिमियर शोको आयोजना गरिएको छ । कार्यक्रमको तयारी तिव्र गतिमा भइरहेको लक्कीले जानकारी गराएका छन् । निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ,अर्पण थापा, दिपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जिबन भट्टराई र सुष्मा निरौला लगायतको अभिनय रहेको छ ।