Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

निम अवार्डको पाँचौ संस्करणको आवेदन खुल्ला

Thursday, November 18, 2021 National Power

काठमाण्डौ – नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “राष्ट्रिय समावेशी म्यूजिक (निम) अवार्ड २०२२” को आवेदन खुला गरिएकोछ । आगामी चैत्र २० गते ¥याडिसन होटेल काठमाण्डौमा सम्पन्न हुने उक्त अर्वाडका लागी यहि मंसिर १ गतेवाट आवेदन फारम खुल्ला गरिएको हो । विगत ४ वर्ष देखि निरन्तर आयोजना हुदै आएको निम अर्वाडको यो पाँचौ संस्करण हो ।

निम अवार्डमा पहिलो वर्ष देखी नै नेपालमा बोलीने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई बिशेष प्राथमिकताका साथ समेटिदै आएको र अहिले सम्मकै बृहत संख्याका भाषाभाषीका गीतहरुको उत्साहपुर्वक सहभागिता हुदै आएकोले पनि यसलाई नेपालकै पहिलो समाबेशी अवार्डको नारा दिईएको हो ।

नेपाली सहित काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई , लिम्बु , चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीत र भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषाका गीत संगीतहरुलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक समितिले जनाएको छ ।

अंग्रेजी क्यालेन्डर अनुसार २०२१ जनवरी १ देखि २०२१ नोभेम्बर ३० सम्म (१वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरुलाई समावेश गरिने आयोजक समितिको निर्देशक कमला जोशीले वताईन् । गीतहरु दर्ता गर्नको लागी आवेदनको अन्तिम म्याद पौष २५गते सम्मको लागी निर्धारण गरिएको वताईएको छ ।