Sunday 1st December 2024

    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना    बुद्ध धर्मका तीन प्रमुख यानहरू 'थेरवाद, महायान र बज्रयानमा आधारित 'परित्राण’ पुस्तक विमोचन

स्टार ईन्टरनेशनल अवार्डमा यूवा व्यवसायि सन्दिप खनाल सम्मानित

Tuesday, November 9, 2021 National Power

काठमाडौं – स्टार ईन्टरनेशनल अवार्डको दोस्रो संस्करण होटल ¥याडिसनमा सम्पन्न भएको छ । रक्षा मन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा युवा व्यवसायी सन्दिप खनाल सम्मानित भएका छन् । सन्दिप समाजसेवा र सौन्दर्य सामाग्रीको व्यवसायमा सफल रहेका छन् । यूवा पुस्ताका मानिसहरुका विच आफ्नो छुट्टै पहिचान वनाएका सन्दिप आफ्नो पेशा व्यवसायका अलवा कला क्षेत्रमा लागेका कलाकर्मीहरुको सहयोगीका रुपमा समेत परिचित छन् । कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकार, सौन्दर्यविद, खेलाडी,समाजसेवीलगायत करिब दुई दर्जन सर्जक स्रष्टाहरू सम्मानित भएका थिए । सम्मानित हुनेमा नायक धिरेन शाक्य, खेलाडी तथा मोडल नन्दा बस्याल, नायक गजित विष्ट, अभिनेत्री विपना बस्नेत, सञ्चारकर्मी कृष्ण भुसाल, ईभेन्ट अर्गनाईजर शान्ता कुमारी तामाङ, कलाकार प्रेम पाण्डे, कलाकार रमेश श्रेष्ठ तथा सुनिता गुरुङ, सञ्चारकर्मी माधव र्निदोष, गायक रामकृष्ण श्रेष्ठ, ग्लोबल अनलाईन पेका डेविलसिंह राजपुत, सौन्दर्यविद मेनुका शिवाकोटीलगायत हुनुहुन्थ्यो ।
यसअघि कतारको दोहामा नेपालबाट करिब ११० भन्दा बढि कलाकर्मीहरूलाई दोहा लगेर सम्मान गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको विशेष आतिथ्यतामा सम्पन्न उक्त अवार्ड कार्यक्रममा नायक सरोज खनालले वर्षको पपुलर अभिनेताको अवार्ड हात पार्नुभयो भने भने डा. डीआर उपाध्यायले बर्षको पपुलर गीतकारको अवार्ड चुम्नुभयो भने चलचित्र निर्देशक माधव राज खरेल सर्वोत्कृष्ट गीतकारको अवार्ड चुम्न सफल हुनुभएको छ । ।
दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित उक्त अवार्ड कार्यक्रममा २ दर्जन भन्दा वढि कलकारहरु अवार्डेड थिए भने नेपालका सदावहार नायक भुवन केसी, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नायक रमेश उप्रेती, नायिका रेजिना उप्रेती, गायिका सिन्धु मल्ल, कलाकार तथा कोरियोग्राफर प्रशान्त ताम्राकार, वरिष्ठ गायक सीताराम पोखरेल, वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ कलाकार मोहन निरौला, निर्देशक दीपक आचार्य ‘काकू’लगायतको विशेष उपस्थिती रहेको थियो ।
विदेशमा आयोजना हुँदै आएको उक्त अवार्ड कोरोना महामारीका कारण यो वर्ष स्वदेशमै भएको जानकारी आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले बताउनुभयो । हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ले अवार्ड कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।