काठमाण्डौ – ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लिले ‘सोसियल मिडिया फिल्म अवार्डस’ २०७८ को आयोजना गर्ने भएको छ । पहिलो पटक २०७५ सालमा सम्पन्न भएको पहिलो अवार्ड पछि विश्वभरि फैलिएको ‘कोभिड १९’को महामारीको कारणले दोश्रो संसकरणको अवार्ड आयोजना गर्न सकेको थिएन । तर हाल समय परिस्थिति केही अनुकुल रहेको हुँदा यो बर्षबाट पुनः रोकिएको उक्त अवार्ड कार्यक्रमलाई आयोजकले निरनतरता दिने एक विज्ञप्ती जारी गर्दै वताएको छ ।
प्रेश विज्ञप्ती
मिति २०७८ /०७ /१५
ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लिले ‘सोसियल मिडिया फिल्म अवार्डस’ २०७५ सालवाट सुरु गरेको हो । यसै बर्ष अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको यहाँहरुलाई स्मरण गराउँदछौँ ।
पहिलो अवार्ड २०७५ सालमा सम्पन्न भएपछि दोस्रो आयोजनाको अगाडि विश्वभरि फैलिएको ‘कोभिड १९’को महामारीको कारणले हामी पनि यस अवार्डस् स्थगित गर्न बाध्य भएका थियौँ । तर हाल समय परिस्थिति केही अनुकुल रहेको हुँदा यो बर्षबाट हामी यस अवार्डस् निरन्तरता दिने प्रयासरत छौं ।
ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लि.ले यो बर्ष अवार्डस् कार्यक्रम अग्रशिल नारी संस्थाको सहकार्यमा प्रस्तुत गर्न लागेको हो । सोसियल मिडिया फिल्म अवार्डको अध्यक्षको रुपमा जानकी प्रधान श्रेष्ठ, कार्यकारी अध्यक्षमा शवनम मुखिया रहनु भएको छ भने प्रोग्राम को–अर्डिनेटर सन्तोषी अधिकारी रहनु भएको छ ।
बिगतको बर्षमा यस अवार्ड कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न यहाँहरु मिडिया तथा मिडियाकर्मीबाट राम्रो सहयोग, सद्भाव र साथ मिलेकोमा फेरि पनि हृदयदेखि धन्यवाद तथा आभार ब्यक्त गर्दै यस बर्ष पनि सोही सरकारात्मक सहयोग, सद्भाव र साथको पूर्ण अपेक्षा राखेका छौँ ।
अवार्डमा गत वर्ष भन्दा यस वर्ष केही विधाहरु समेत थप गरिएको जानकारी गराउँदछौँ । सोसियल मिडिया फिल्म अवार्डस्मा अन्य थप आकर्षण नगद पुस्कार पनि रहेको छ । । अघिल्लो अवार्ड झै यो वर्ष पनि सञ्चारकर्मी, चलचित्रकर्मी, समाजसेवी, सामाजिक, उद्योग क्षेत्रकासाथै विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका केही विशिष्ट ब्यक्तित्वहरुलाई उच्च सम्मान गरिनेछ ।
अवार्डस्मा सहभागी हुन चाहने सम्पूर्ण सहभागीलाई २०७८ कार्तिक १६ गतेदेखि आवेदन खुल्ला समेत गरिएको जानकारी गराउँदछाँै । धन्यवाद
कार्यक्रम संयोजक
सन्तोषी अधिकारी
सोसियल मिडिया फिल्म अवार्डस् २०७८