Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

तेश्रो र चौथो संस्करणको पिम नेपाल फिल्म फेष्टिवल भव्य रुपमा सम्पन्न

Thursday, October 7, 2021 National Power

काठमाण्डौ – तेस्रो र चौथो संस्करणको ‘पीम नेपाल फिल्म फेष्टिवल’ सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा असोज १८ गतेबाट सुरु भएको महोत्सव तिन दिन सम्म चलेको थियो । चलचित्र बिकास बोर्डको हलमा सम्पन्न महोत्सवमा १९ गते तेस्रो संस्करण अन्र्तगत ‘पीम नेपाल फिल्म फेष्टिवल २०२०’ र २० गते चौथो संस्करण अन्र्तगत ‘पीम नेपाल फिल्म फेष्टिवल २०२१’ सम्पन्न गरिएको छ ।

यसअघि तेश्रो संस्करणको कार्यक्रम प्रदेश नं ५ मा आयोजना गर्ने भनिए पनि कोभिड १९ का कारणले स्थगित भएको थियो । जसका कारण तेस्रो र चौथो संस्करण एकसाथ आयोजना गर्नुपरेको महोत्सव अध्यक्ष कमला जोशीले जानकारी दिएकी छिन । महोत्सवमा सहभागी भएका चलचित्रहरुलाई प्रतिस्प्रर्धा गराई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । १९ गते सम्पन्न तेस्रो संस्करणको समारोहमा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । पूर्वमन्त्री तामाङले बिजेता चलचित्रकर्मीलाई अवार्ड प्रदान गर्नुका साथै बिभिन्न बिशिष्ठ ब्यक्तिहरुलाई सम्मान अर्पण गरेका थिए । समारोहमा चलचित्र क्षेत्रका बिभिन्न ब्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

त्यस्तै चौथो संस्करणको नियमित कार्यक्रम असोज २० गते नै सम्पन्न गरिएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त महोत्सव समारोहमा १७ वटा फिचर चलचित्र, ५० भन्दा बढी छोटा चलचित्र र १० वटा वृत्तचित्रको सहभागिता रहेको थियो । कोभिडका कारणले अनलाईन माध्यमवाट चलचित्रहरुको प्रदर्शनी गरिएको थियो भने विभिन्न विधाका निर्णायकहरु राखेर महोत्सवमा सहभागी चलचित्र, वृत्तचित्र, लघुचलचित्रहरुको मुल्यांकन गरिएको फेष्टिवलका अध्यक्ष कमला जोशीले जानकारी गराएकी छिन् । ३ दिन सम्म चलेको महोत्सवमा चलचित्रकर्मी र संचारकर्मीहरुको उल्लेख्य सहभागीताले आफुहरुलाई थप हौशला मिलेका कार्यक्रमका संयोजक राजन थापाले वताएका छन् ।

पीम नेपालका सल्लाहकार बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, राष्ट्रिय गानका रचयिता ब्याकुल माइला, एनआएनका पूर्वउपाध्यक्ष कुल आचार्य, बरिष्ठ अभिनेत्री चैत्य देबीलगायतका चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

चौथो पीम नेपाल फिल्म फेष्टिवल २०२१ का अवार्ड बिजेताहरु

सर्वोत्कृष्ट सम्पादक ( आमा) : दिर्घराज खड्का
सर्वोत्कृष्ट निर्देशक (लभडायरिज) : सौरभ चौधरी
सर्वोत्कृष्ट अभिनेता (लभडायरिज) : शुशिल श्रेष्ठ
सर्वोत्कृष्ट नव नायक ( लभ डायरिज ) : विश्वजित रिमाल
सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनर ( लभडायरिज): मोति कार्की
सर्वोत्कृष्ट लेखक सर्टफिल्म (पुतली र दिदि बहिनी): टाकासी इन्वाई
सर्वोत्कृष्ट नायक सर्टफिल्म (द डटर) : प्रवण भुषाल
सर्वोत्कृष्ट नायिका (द डटर): सरीता भारती
सर्वोत्कृष्ट चरित्र अभिनेता सर्टफिल्म (द डटर) : प्रेम पाण्डे
सर्वोत्कृष्ट डकुमेन्ट्रि (जलेश्वर झर्ना झोर) : सानुकाजी थापा
सर्वोत्कृष्ट डकुमेन्ट्री निर्देशक (हल्कारा) : दयाराम घिमिरे
सर्वोत्कृष्ट कलरिष्ट (लभ डायरिज): राजेन्द्र मोक्तान
सर्वोत्कृष्ट नायक सर्टफिल्म (जुरी) यस्तो पो वडा अध्यक्ष) :तेज गिरी
सर्वोत्कृष्ट पाश्व गायिका (तिम्रो हुने कहिले) : सुजाता केसी
सर्वोत्कृष्ट म्युजिक निर्देशक (म त मर्छु की क्या हो) : राजेन्द्र बजगाई
सर्वोत्कृष्ट इन्टरटेनमेन्ट जर्नालिजम : जिवन पराजुली
एक्सिलेन्स ईन फिल्म जर्नालिजम (चलचित्र पत्रकारितामा सर्वोत्कृष्टता) : विष्णु प्रसाद सुवेदी
सर्वोत्कृष्ट फिल्म : लभडायरिज

चौथो पीम नेपाल फिल्म फेष्टिवल २०२१ का सम्मानित व्यक्तित्वहरु
१.चैत्यदेवी सिंह : प्रथम नेपाली रंगीन सिनेमा कुमारी की नायिका
२. व्याकुल माईलाः राष्ठ्रिय गानका सर्जक
३. कुल आचार्य : समाजसेवी तथा व्यवसायी
४. सुचित्रा श्रेष्ठ : नेपाली चलचित्रको प्रथम महिला निर्देशक
५. चिरञ्जीवी गुरागाई : अन्तराष्ट्रिय सम्वन्ध अधिकृत (चलचित्र विकास वोर्ड)
६. मदन घिमिरे : चलचित्र निर्देशक
७. कृष्ण भुषाल : संचारकर्मी

तेस्रो पिम नेपाल फिल्म फेष्टिवल २०२० का अवार्ड बिजेताहरु
रविचन्द्र कोइराला : विचबाटो (सर्वोत्कृष्ट सिनेमाटोग्राफर)
सरोज कोइराला : म्हेन्दो (सर्वोत्कृष्ट म्युजिक डाईरेक्टर)
समिर मियां : लक्ष्मी पुजा (सर्वोत्कृष्ट भिफएक्स)
यम प्रसाद ओली : पुरानो बुलेट (सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनर)
अमर विश्वकर्मा : जिस्म–२ (सर्वोत्कृष्ट निर्देशक)
सर्वोत्कृष्ट डोटेली फिल्म : नन्दी
बिनोद बोहोरा : सर्वोत्कृष्ट नायक (डोटेली भाषा)
रश्मि भट्ट : शिवम् (सर्वोत्कृष्ट चरित्र अभिनेत्री)
विपना बस्नेत : यात्रा जिन्दगीको (सर्वोत्कृष्ट बायोपिक फिल्म)
डा हुस्नेद अजाद : ईल्डर्स होम (सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशक)
उत्तम सन्जेल : बा (सर्वोत्कृष्ट सर्टफिल्म)
ओम सुनार : लोभि पापी (सर्वोत्कृष्ट गायक)
शितल केसी : सम्हाल िराख है (सर्वोत्कृष्ट नायक)
जुगल डंगोल : धुलो (सर्वोत्कृष्ट म्युजिक डाईरेक्टर पपुलर)
राजु गीरी : तिम्रो हुने कहिले (सर्वोत्कृष्ट निर्देशक जुरी अवार्ड )
ऋषिराज आचार्य : नशा (सर्वोत्कृष्ट लघुचलचित्र निर्देशक)
राजेन्द्र खाती : अपहरण (सर्वोत्कृष्ट नायक लघुचलचित्र)
संजय राउत : अपहरण (सर्वोत्कृष्ट खलानायक लघुचलचित्र)
श्याम स्मृत : एक्सिलेन्स ईन फिल्म जर्नालिजम (चलचित्र पत्रकारितामा सर्वोत्कृष्टता)

तेस्रो पिम नेपाल फिल्म फेष्टिवल २०२० का सम्मानित व्यक्तित्वहरु
बाबुराम सिग्देल : पत्रकार
कृष्णा आचार्य : पत्रकार