Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पुर्व प्रशासक आमा र चिकित्सक छोरीको कला एवम् कृति सार्वजनिक

Sunday, September 26, 2021 Devil Singh Rajput

काठमाडौं- पुर्व प्रशासक मोतीशोभा श्रेष्ठद्वारा लिखित चार लघु उपन्यास र चिकित्सक डा. सविना श्रेष्ठद्वारा सिर्जित १०० वटा चित्रकला सार्वजनिक गरिएको छ । नाताले आमा छोरी रहेका मोतीशोभा र सविनाको सिर्जनालाई क्रमश साहित्यकार एवम् पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र मुर्धन्य व्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशीले शनिवार बबर महल स्थित कला परिषदमा आयोजित दुई भिन्न कार्यक्रम माझ लोकार्पण गरेका थिए ।

कार्यक्रमको पहिलो चरणमा पुर्व प्रशासक मोतीशोभाद्वारा लिखित चार लघु उपन्यास कृतिहरु प्रकृति, सम्झनाको डायरी, सत्य र आमा, आँसुको लोकार्पण गर्दै पुर्व प्रधानमन्त्री एवम् साहित्यकार चन्दले श्रष्टाले महिलाको सामाजिक स्थिती र बालश्रमको बिषयलाई उठान गर्दै समस्या समाधानको लागि रचनात्मक सुझाव प्रस्तुत गरेको उल्लेख गर्दै लेखिकाको लखनीको प्रशंसा गरे ।

यसैगरि, शताब्दी पुरुष सत्यमोहन जोशीले चिकित्सक डा. सविना श्रेष्ठद्वारा सिर्जित १०० वटा चित्रहरुको प्रदर्शनी भाईब्रेसनको समुदघाटन गर्दै डा. श्रेष्ठ बहुमुखी प्रतिभाको धनी रहेको उल्लेख सहित उनी सिर्जनाको खानी रहेको बताए । कार्यक्रममा लेखिका मोतीशोभाले आफु लेखनमा नर्सरी रहेको उल्लेख गर्दै रचनामा सामाजिक बिषयलाई बढि उजागर गर्न खोजेको उल्लेख गरिन भने चित्रकार डा. सविनाले आफुले शताब्दी पुरुष जोशीको सम्मानमा उनी सय बर्ष पुरा भएको खुशीयालीमा आफुले समयलाई चोरेर १०० वटा चित्र सिर्जना गरेको जानकारी दिदै यो आफ्नो शुरुवात भएको बताईन् ।

कृति लोकार्पण कार्यक्रममाझ चर्चित गीतकार कालीप्रसाद रिजालले प्रशासनिक क्षेत्रमा काम गर्ने सिलसिलामा आफुले मोतीशोभासँग एउटै कार्यालयमा काम गरेको स्मरण गर्दै विगतमा उनको साहित्य प्रतिको रुची बारे आफुलाई मेसो नरहेकोमा अचम्म मान्दै लेखिकाको प्रयास अत्यन्तै राम्रो भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुर्व मन्त्री एवम् साहित्यकार शंकर कोईरालाले मोतीशोभा आफ्नो पुर्व हाकिम रहेको बताउदै उनका कृतिहरु पठनिय रहेको उल्लेख गरे । त्यसैगरि, साहित्यकार यादव खरेलले श्रष्टा अन्तरमुखी स्वभावकी भएको बताउदै सम्झनाका डायरी कृतिमा जीवन अनुभुतीलाई पस्किएको आफुले पाएको उल्लेख गरे । अर्का साहित्यकार ध्रुव मुनकर्मीले आँसु उपन्यासमा लम्जुङको धुन्सा भन्ने गाउँबाट आएको महिलाको कारुणिक वेदना र उद्यममा लागेर प्राप्त गरेको सफलतालाई प्रस्तुत गरिएको जनाए ।

त्यसैगरि, डा. सविना श्रेष्ठको एकल चित्रकला प्रदर्शनी कार्यक्रमलाई उपकुलपति कान्छा कुमार बज्राचार्य, हरि प्रसाद शर्मा, गोविन्द डङगोल लगायतले सम्बोधन गरेका थिए ।