Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

समग्र मानन्धर समुदायको बिकास बनेपाको बिकासका लागि “मानन्धर सेवा समाज, काभ्रे”

Saturday, September 25, 2021 National Power

प्रमुख अतिथि ज्ञानकाजी मानन्धरले बनेपाका सम्पुर्ण मानन्धर लाई एकै ठाउँमा देख्न पाएकोमा खुशी व्यक्त गर्दै । सम्पुर्ण लाई एक जुट भएर जुन सुकै क्षेत्रमा पनि अगाडि बढन आग्रह गर्नु भएको छ ।
अहिलेका युवा पुस्ताले निकै जाने बुझेको हुनाले एक मानन्धरले अर्को मानन्धर लाई दुख सुखमा साथ दिन आग्रह गर्नु भएको छ ।

उक्त भेलाले नवराज मानन्धरको अध्यक्षतामा मानन्धर सेवा समाज, काभ्रे” गठन गरेको छ । भेलाले अध्यक्षमा नवराज मानन्धर,उपाध्यक्ष रोशन मानन्धर, कोषाध्यक्षमा सुदर्शन मानन्धर, सचिवमा विजय मानन्धर, सदस्यमा विजय लक्ष्मी मानन्धर, सदस्यमा रोजी मानन्धर,
चयन भएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष नवराज मानन्धरले भन्नू भएको `पछिल्लो समयमा मानन्धर समुदाय निकै पछाडी परेको कुरा उल्लेख गर्दै अब बनेपाका मानन्धर जति एक जुट भएर जुन सुकै क्षेत्रमा पनि अगाडि बढन र सबै मानन्धरले एकले अर्को लाई साथ सहयोग गर्ने बताउनु भएको छ´ । बनेपाका मानन्धर समुदाय कुनै पनि क्षेत्रमा अब पछाडी नपर्ने र समग्र मानन्धर समुदायको बिकास बनेपाको बिकासका लागि पर्ने जानकारी दिनु भयो ।