Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

गायक संजय लामा र गायिका रोस्ना लुङबाको ‘ज्यान मैच्याङ’ सार्वजनिक

Monday, September 20, 2021 Devil Singh Rajput

काठमाडौँ — आश्विन ४, २०७८।

धेरै समयको अन्तराल पछि गायक संजय लामाको सांगीतिक कोशेलि ‘ज्यान मैच्याङ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक संजय लामा र गायिका रोस्ना लुङबाको सुमधुर स्वर रहेको गीत जिग्मे मिडियाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर – ५ थाङपाल गुन्सामा जन्मेका युवा गायक केही समयको अन्तराल भएपनि पुन: सांगितिक यात्रालाई निरन्तरता दिने गरि बजारमा नयाँ गीत सहित पुनरागमन गरेको बताउछन ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व जिल्ला कोषाध्यक्ष देबेन्द्र खत्रिको प्रमुख आतिथ्यता तथा सिन्धुपाल्चोक पाँच पोखरि थाङपाल गाउँ पालिकाका नेपाली कांग्रेस पालिका सभापति सुर्य बहादुर अधिकारि र बरिष्ठ गायक प्रेम लोप्चन सहित अन्य विशिष्ठ व्याक्तित्वहरुको आतिथ्यतामा राजधानीमा पत्रकार सम्मेलन गरि उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो। कार्यक्रममा कलाकार , समाजसेवी एवम पत्रकारहरुको बाग्लो उपस्थिति रहेको थियो ।

गीतको शब्द संगीत विश्व दोङले गरेका हुन भने भिडियो निर्देशन भिमफेदी ग्रुपका मिथुन बिजि र बिसन लामाले गरेका छ। त्रिलोक लामाको भिडियोको छायांकन तथा सुर्य लामाको भिडियोको सम्पादन रहेको उक्त म्युजिक भिडियोमा कलाकारहरुमा मिथु बिजि , बिसन लामा , रेहान लामा, पेम्फा लामा , सुनिल घतानि, आशिस सेवा, सरोज लामा, याङ्गि दोङ , मन्जु श्रेष्ठ , अनुसा लामा र दीक्षा लामालाई देख्न सकिन्छ ।

भिडियो —