Tuesday 19th March 2024

    भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर स्थापनासहित पदस्थापना    चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै    द नेशनल डिजाईनर रनवे २०२४ को उपाधी विजेतामा अस्मिता श्रेष्ठ    Asmita Shrestha bags the title of ‘The National Designer Runway 2024’    मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

मन्जु श्री अशाहय संरक्षण केन्द्र दिन दुखि, असाय, बिपन्न र उत्पिडित समुदायको सहारा

Sunday, September 12, 2021 National Power

काभ्रेपलान्चोक – मन्जुश्री असहाय संरक्षण केन्द्रले आफ्नो स्थापन दिवसको अवसरमा दिन दुखी गरिब अशाहयहरु लाई सहयोग गरेको छ । हिजो शनिबार साताै स्थापन दिवसको उपलक्ष्यमा सहयोग गरेको हो । यस संस्थाले बिपत्ति परेका बेला देशको जुन सुकै ठाउँमा गयर पनि सहयोग गर्दै आएको छ ।

मन्जु श्री अशाहय संरक्षण केन्द्र काठमाडौंले माहाङकाल मन्दिर र सङकटा मन्दिर वरिपरिमा बस्ने दिन दुखिहरुकाे लागि खाजा बितरण गरेको थियो । झण्डै सय जनाको संख्या लाई वितरण गरिएको मन्जुश्री अशाहय संरक्षण केन्द्र काठमाडौंका अध्यक्ष मिना बस्नेतले जानकारी दिनु भयो । कोरोना माहामारी तथा अन्य कारणले कमजोर आर्थिक अवस्था भएका मानिसहरू लाई मानो देखि घरको छानो सम्मका सहयोग उपलब्ध गराइएको छ ।

कमजोर आर्थिक अवस्था भएका दलित फरक क्षमता भएका परिवार, अनाथ, एकल महिला, आगलागीबाट क्षेति भएका परिवारहरु लाई उनीहरुको आवश्यकता हेरेर सहयोग गरिने समाजसेवी राजन थापाले बताउनु भयो ।

मन्जुश्री काठमाडौंका पदाधिकारीहरुमा उपाध्यक्ष श्री मन्जु श्रेष्ठ माहासचिव श्री कमला अधिकार, सचिव श्री रेखा बस्नेत, आजिवन सदस्य श्री इन्दु खत्री, प्रेस समयाेजक श्री राजन थापा लगायतको उपस्थितिमा खाजा फलफूल वितरण गरिएको थियोे ।

मन्जु श्री अशाहय संरक्षण केन्द्र दिन दुखि, असाय, बिपन्न र उत्पिडित समुदायको सहारा बन्न पुगेको छ ।