Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

नर्सिङ लाइसेन्स परिक्षामा ‘द जि एम आइ एकेडेमी’ को उत्कृष्ट नतिजा

Wednesday, September 8, 2021 Devil Singh Rajput

चितवन — भाद्र २३, २०७८।

चितवनमा बिगत १३ वर्ष देखी निरन्तर रुपमा विद्यार्थीहरु माझ परिचीत एवं गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको भरतपुर – १० सप्तगण्डकी चोकमा अबस्थित ‘द जि एम आइ एकेडेमी’ ले उत्कृष्ट नतिजा दिन सफल भएको छ।नेपाल नर्सिङ काउन्सिलले यहि भदौ १९ गते लिएको २७ औं नर्सिङ लाइसेन्स परिक्षामा द जि एम आइ एकेडेमीू मा अध्यनरत १३६ विद्यार्थी मध्य १३३ जना विद्यार्थीहरुले नर्सिङको लाइसेन्स परिक्षा उत्तीर्ण गर्न सफल भएका छ्न।

चितवनका विभिन्न नर्सिङ कलेजका दक्ष एवं अनुभवी शिक्षक,शिक्षीकाहरुबाट २०७७ फाल्गुन ४ गते देखि भदौ १० गते सम्म भौतिक तथा अनलाइन दुबै कक्षा सञ्चालन भएको थियोकक्षा अबधि भर विद्यार्थीहरुलाई कसरि हुन्छ नर्सिङको लाइसेन्स परिक्षा पास गराउन आफुहरु कक्षा सञ्चालन भएको दिन देखि लागि परेको र अहिले विद्यार्थीहरुले राम्रो नतिजा ल्याउन सफल हुँदा आफुहरु पनि सफल भएको ‘द जि एम आइ एकेडेमी’ का प्रबन्ध निर्देशक महेश लामिछानेले जानकारी गराउनु भयो।

साथै ‘द जि एम आइ एकेडेमी’ मा पढेर नर्सिङको लाइसेन्स परिक्षा पास गर्न सफल सम्पूर्ण विद्यार्थीहरुलाई प्रबन्ध निर्देशक लामिछानेले बधाई एवं आगामी दिनको सफलताको शुभकामना व्यक्त गर्नु भएको छ।