Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

‘ब्राइट इभेन्ट फेसन शो’ भव्य रुपमा सम्पन्न

Tuesday, September 7, 2021 Devil Singh Rajput

काठमाडौं- २२ भदौ ।
ब्राइट इभेन्ट म्यानेजमेन्टले शनिवार राजधानीको पेप्सीकोलस्थित इन्टरनेसनल डान्स एकेडेमी एण्ड फिल्मक परिसरमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न गरेको छ ।

चर्चित फेशन कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेको उक्त फेशन शोमा नेपाल अधिराज्यभरबाट छानिएका चर्चित महिला तथा पुरुष मोडलहरु आकर्षक पहिरनमा स्टेजमा उत्रिएका थिए ।

अभिनेता, मोडल तथा कोरियोग्राफर एसराज गराचको कोरियोग्राफी रहेको उक्त फेसन शो मा जनकपुर, सिराह, रौतहट, विरगञ्ज, विराटनगर, दोलखा, काठमाडौं तथा भक्तपुरका गरि करिव ५० मोडलहरुले र्याम्प शो गरेका थिए ।

विश्वव्यापी स्वास्थ्य संकटको अवस्थामा विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड अनुरुप सम्पन्न उक्त फेसन शो का आयोजक राजन बुढाथोकीले कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्ने व्यक्ति, संघ,संस्था एवं मोडलहरुलाई धन्यवाद दिदै आगामी दिनमा थप उत्कृष्ट शो हरु आयोजना गर्दै लैजाने कुरा बताए ।