Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

दिन दुखी गरिब देखी भगवानको बास स्थान सम्म ; रत्नकुश रंन्जित

Sunday, September 5, 2021 National Power

कमजोर आर्थिक अवस्था भएका दलित फरक क्षमता भएका परिवार, अनाथ, एकल महिला, आगलागीबाट क्षेति भएका परिवारहरु लाई सामाजिक अभियन्ता तथा काभ्रेका युवा नेता रन्तकुश रंन्जितले घर नै बनाइदिने देखी लिएर खाद्यान्न वितरण गरेका छन् । अभियान अन्तर्गत १२ सय घर परिवार सेवा बाट लाभान्वित भैसकेका छन् ।

बनेपा नगरपालिका वडा नम्बर ९ निवासी चमेली बिश्वकर्माको आर्थिक अवस्था र समस्यालाई मध्यनजर गर्दै समाजसेवि तथा नेकपा एमाले काभ्रेका युवा नेता रंन्जितले सहयोग गरेका छन् । घर निर्माणको लागी अग्राखको झ्याल, ढोका, चौकोस र खापा सहयोग गरेका हुन् ।  
उता रन्जितले गरिबको छानो छाउने देखि लिएर मठ मन्दिर निर्माणको लागि पनि विशेषरुपमा लागि परेका छन् । उनले बिकटेशोर महादेव मन्दिर पुनःनिर्माणको लागि पनि सहयोग गरेका हुन । बिकटेशोर महादेव मन्दिरको पाटी निर्माण तथा संरक्षणको लागी छिन्नमस्तक नरायणमा रू. २५,०००÷–पच्चीस हजार सहयोग गरेका छन् ।  रंन्जित दिन दुखि, असाय, बिपन्न र उत्पिडित समुदायको सहारा बन्न पुगेका हुन् । मान्छेको सबै भन्दा ठुलो आवश्यकता गाँस बास र कपास मध्ये बासस्थान पनि एक हो । उक्त सहयोग कार्यक्रममा नेकपा एमालेका नेता सिताराम दाहाल, नगर युवा नेता बिक्रम प्रजापति, अर्का युवा नेता तेज नेपालीको उपस्थितिमा सहयोग गरेका थिए ।