Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

हरितालिका तिजको अवसरमा व्युटिसियन रोशनी शर्माले ल्याईन महिलाहरुको लागि यस्तो व्युटिटिप्स

Sunday, August 29, 2021 National Power

काठमाण्डौ  – मेक अप एउटा कला हो । मेकअप एक दिनमा नै सिकिदैन । एउटा साधारण नारि मेकअपको कला छ भने अनुपम बन्न सक्दछिन त्यसका लागि अनुभव तथा अनुसन्धानको आवश्यक पर्दछ । जसमा अनुहारको राम्रो भागलाई अझ बढी देखाएर नराम्रो भागलाई छोपेर राम्रो बनाईन्छ । हाम्रो नजिकै आउदै गरेको महिला दिदि बहिनीको हरितालिका तिज आएको हँदा, म सानो तथा घरमै पनि गर्न सकिने केही टिप्सहरु दिन गईरहेकी छ ।
मेक अपलाई चाहिने सामाग्रीहरु
१. C.T.M जरुरी छ, क्लिजिन, टोनिङ, मस्टराईजर, लगाउने SPF लगाउने
२. प्राईमर लगाउने त्यसपछि कन्सिलरले आफ्नो दाग आखाको वरिपरि डार्क सर्कल मा दागहरुमा लगाउने जसले दाग कम देखिन्छ दागले कोभन गर्छ ।
३. फाउण्डेसन, फाउण्डेसन लगाउन व्युटीब्लण्डर बजारमा पाईन्छ जसलाई भिजाएर सबैतिर फैलाउदै लैजाने । मेक अप लाई सेट गर्ने कम्प्याट पाउडर लगाइन्छ । कम्प्याट पाउडर लगाउदा पफको सहायताले लगाउने मेकअप धेरैवेर टिक्छ ।
आइस्याडो ः आखालाई सुन्दर देखाउन यो लगाइन्छ । आफ्नो ड्रेसको कलर र कस्तो प्रकारको पार्टी हो त्यस अनुसार गरिन्छ । यो मेकअप तिज विषेश भएको हँदा हल्का र रातो गोल्डेन टच दिन सकिन्छ ।
४.ब्लसन ः अनुहारको गालाको सतहलाई उभार र सुन्दर हल्का गुलाबी रंग दिन यो लगाइन्छ । जसले श्रृङ्गार मा जिवन्त दिन्छ । नरम ब्रसको सहायताले यो गालामा हल्का ब्लेण्डिङ गर्ने ।
५. श्रृङ्गारलाई पुर्णरुप दिन लिपिष्टक लगाइन्छ यो कला ले पातलो ओठ छ भने लिप लाईनरको सहायताले यसलाई अनुरुप बनाएर लगाउन सकिन्छ ।
६. आइब्रो सेडिङ ः आइब्रो पातलो सेफ राम्रो देखाउन यसलाई ब्राउन कलर पेन्सिल पाउडर केक जस्तो सामाग्रीले सेपदिन सकिन्छ । जसले अनुहारलाई आकर्षण देखाउछ ।
७. हाईलाईट ः हाईलाईट यो नाकको टुप्पा गालाको माथिल्लो भागमा टुप्पामा टच गर्ने , जसले चमक बढ्छ ।
गाँजल ः आईलाईन, मसकरा, आइकल गर्ने अन्तिममा मेकअप स्प्रे ले स्प्रे गर्ने ।
पहिरन ः टिका लगाउने , साडी संग सुहाँउदो आफ्नो निधार अनुसार साथै आफ्नो परम्परालाई ध्यानमा राखी सुहाउदो पहिरन गर्नुहोस । यो हाम्रो सांस्कृतिलाई झल्काउने पर्व हो , धेरै गहना नलगाउदा राम्रो यसले कुनै सुन्दर देखिने हैन यसरी गहना लगाउदा वार वार ध्यान त्यस मानै जान्छ । खुलेर रमाउन पाईदैन ।डर भइ रहन्छ । आजकाल बजारमा नक्कली गहनाहरु सुन जस्तै देखिने हँदा मन नै भए नक्कली गहना प्रयोग गर्नुहोस । हराउदा नी डर हुदैन । त्यही भएर रमाईलो गर्न सक्नु हुन्छ नियमित ।
सुझाव ः तिज हाम्रो धार्मिक परम्परिक संस्कृतिक पर्व हो । महिला दिदि बहिनि आफ्नो श्रीमानको लामो आयुको लागि निराहार बस्ने चलन छ । यो उहाँको प्रगाढ माया र श्रीमान प्रति सम्मानको ब्रत हो तर यदि स्वास्थ्यलाई ध्यान राखेर गर्न सके राम्रो हो । नसके लामो समय देखी विरामी, औषधी खाने महिला दिदि बहिनी र गर्भवती महिला कमजोर हुनुहुन्छ भने निराहार नबस्दा राम्रो हजुरको स्वास्थ्य बिग्रेमा परिवारलाई चिन्ता बढ्छ । आफुले ब्रत लिएर अरुलाई दुख दिनुमा कुनै धर्म हुदैन । आफ्नो स्वाथ्यको ख्याल राख्नुहोस् ।
निराहार ब्रत बस्न नसक्ने दिदि बहिनीहरुले फलदार जुस पानी दुध लिनु होला । दर खाने क्रममा अधिल्लो दिन धेरै भरि दर कम सकि नसकि नखानु होला । जसले गर्दा भोली पल्ट स्वास्थ्यमा गडबड नहोस , समय र परिस्थितीलाई धयानमा राखी भिडिभाड नगराई घर परिवारमै रमाउनु होला । घरमै बस्नुस सुरक्षित बस्नुस, स्वस्थ रहनुहोस र खुसी रहनु होस ।