Monday 9th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

मान्छेले पहिले हेर्ने लुक्स हेर्ने हो, व्यवहार हैन– मञ्जिला सुवेदी, सौन्दर्यविद्

Monday, August 23, 2021 National Power

काठमाण्डौ – मञ्जिला सुवेदी एक दशक देखी सौन्दर्य पेशामा संलग्न रहदै आएकी छिन् । उनि राम्रो सौन्दर्य प्रशिक्षक समेत हुन । उनि समाजसेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिए रहेकी छिन् । हालसालै उनले श्रृजनानगर, सल्लाघारी भक्तपुरलाई आधार बनाएर मञ्जिलाज हेयर एण्ड व्यटि युनिसेक्स सलोनको स्थापना गरेकी छिन् । निकट भविष्यमै देशमा विभिन्न शहरहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष लिएकी मिञ्जला सुवेदी संग गरिएको कुराकानी संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ ।

सौन्दर्य पेशमा यहाँको प्रवेश कसरी भयो त ?
सौन्दर्य क्षेत्रमा मेरो रुची सानै देखी नै हो । म सानै उमेर देखी मेक अपमा असाध्यै ध्यान दिन्थे । गाउँभरिका बच्चाहरु जम्मा गरेर ममिको लिपिष्टीक चोरेर भएपनि उनिहरुको पनि मेकअप गरिरहन्थे । मेरो विचारमा सौन्दर्य विधातर्फ काम गर्न मलाई यतिवेला देखी नै अग्रसरता दिलाएको थियो । मेरो अभिभावकहरुले अहिले भन्नुहुन्छ । यसलाई पार्लर खोल्नुरैछ र सानै देखी यो मेकअप मन पराउदिरैछ भनेर । मलाई पार्लर खोल्न र यस कर्मलाई अधि बढाउको लागी परिवारको राम्रो साथ समर्थन रहेको छ त्यसैले म परिवार प्रति आभारी पनि छु ।

व्यूटिसलोन खोल्नुको उदेश्य के हो ?
अहिलेको समयमा मानिसहरु आकर्षक देखिन चाहान्छन् । यसको लागी मानिसहरुको लुक्सको भुमिका महत्वपुर्ण हुन्छ । मेरो विचारमा “मान्छेले पहिले हेर्ने लुक्स हेर्ने हो, व्यवहार हैन” जव मान्छेको व्यक्तित्व र आकर्षक उनको लुक्सले झल्काउँछ भने मानिसहरु त्यो व्यक्तिसंग आकर्षक हुन्छन् र मंगल गर्न थाल्छन् उनि मात्र त्यसको व्यवहार थाहा हुन्छ ।

त्यसैले हर मानिसमा व्यवहार त राम्रो हुनुपर्दछ नै तर उसको व्यवहारलाई स्थापित गर्न लुक्सले पनि महत्वपुर्ण भुमिका खेलेको हुन्छ । त्यसैले मैले मानिसहरुलाई आकर्षक देखियोस भन्नको लागी पनि यो व्युटिपार्लर स्थापना गरेको हु।

तपाइको पार्लर लेडिज/ जेन्स दुवैको लागी होकी लेडिजको लागि मात्रै हो ?
हाम्रो पार्लर लेडिज र जेन्स दुवैको लागि हो । पछिल्लो समय पार्लरहरु मा जेन्सहरु पनि आफ्नो लुक्स बनाउनको लागि जाने गरेको पाईन्छ र हामीले पनि जेन्सहरुको लागि पार्लरबाट सुविधा पुर्याउने उदेश्यले पार्लरको स्थापना गरेका हौं ।
पछिल्लो समय जेन्सहरुको पार्लरहरु तर्फ बढ्दो आकर्षणले गर्दा पुरुष जनशक्तिको अभाव छ, यदि त्यो जनशक्तिमा बृद्धि गर्ने हो भने रोजगारीको बृद्धि गराउन सकिन्छ भने जेन्सहरुलाई पनि हामी पार्लरबाट सुविधा दिन सक्छौं ।

पार्लरमा जनशक्तिको अभाव भन्नुहुन्छ तर पछिल्लो समय पार्लर सिक्ने महिला पुरुषहरुको संख्या पनि त उल्लेखनिय छ त ?
सरसर्ति हेर्दा त्यस्तो लाग्छ सिक्ने मानिसहरु धेरै छन ,तर एक महिना सिक्दैमा पार्लर गर्नुपर्ने काम र पार्लरले पुर्याउनुपर्ने सुविधाका बारेमा खासै जानकारी नभई सकेको हुन्छ । हेयर स्टाईल बनाउँदा मेकअपको सामाग्री प्रयोग गर्दा त्यको लागि आवश्यक पर्ने कस्मेटिक सामाग्रीहरुको प्रयोग यसमा भएको केमिकल्सहरुको प्रयोगको बारेमा थाहा नहुन सक्छ । त्यस्तो वेलामा कष्टमरहरुको स्किनमा असर पुग्न सक्छ भने उसको लुक्समा पनि असर पुग्न सक्छ । मेरो विचारमा पार्लरमा काम गर्दा सामान्इ मेकअप गर्ने र कपाल मिलाउने मात्रै हैन मेकअप सम्बन्धी गर्नु पर्ने सम्पुर्ण कार्यहरु गर्न सक्ने कस्मिेटिक सामाग्रीहरुको गुणस्तरका बारेमा राम्रो जानकारी भएको दक्ष कामदारहरुको आवश्यकता छ ।

तपाइको पार्लरको भावी योजना के छ त ?
हुन त म व्यक्तिगत रुपमा १०–११ वर्ष देखी यस पेशामा संलग्न छु। थुप्रै तालिमका कक्षहरु संचालन गरेको छुर त्यहाँबाट थुप्रै मानिसहरुले तालिम प्राप्त गरेर देश विदेशमा सेवा पनि दिईरहनुभएको छ । यसले मलाई व्इत्तिःगत रुपमा सन्तुष्टि पनि मिलेको छ । मेरो भावी योजनाको कुरा गर्दा अहिले संचालनमा ल्याएकोयस पार्लरलाई श्रृजनानगर,भक्तपुरमा मात्रै नभएर देशभरिनै शाखा विस्तार गरी संचालन गर्ने र रोजगारीको बृद्धि गर्ने योजना बनाएको छु।

तपाई त सौन्दर्य व्यवसायको साथमा समाजसेवाको क्षत्रमा पनि सक्रिय हुनुहुन्छ हैन ?
समाजमा दुःख पाएका मानिसहरु देख्दा मलाई पनि चिन्ता हुन्छ र उनिहरुलाई मैले आफुले सकेको सहयोग गर्ने गरेको छु। समाजसेवा गर्न मनदेखी नै भावनात्मक हुनुपर्छ भन्ने मलाई लाग्दछ । मैले आफ्नो सौन्दर्य पेशावाट कमाएको केही धनराशी आवश्यक परेका मानिसहरुको लागी खर्चने गरेको छु। यसले मलाई आनन्द आउने गर्दछ र मेरो यस कार्यलाई मेरो परिवारले पनि साथ दिने गरेकोले मलाई समाजसेवामा सक्रिय रहन उर्जा प्रदान गर्ने गरेको छ ।

अन्यमा ?
कोभिड १९का कारण हामी सवैले असह्य परिस्थितीको सामाना गरेका छौं हामी सवै सुरक्षित त छैनौ तर पनि यसका अलावा हामीले आफ्नो दैनिकीलाई पनि सामान्यता तर्फ लैजान जरुरी छ । म सवैसंग आग्रह गर्दछु की आफु सुक्षित रहँदै आफ्नो नियमित कर्मलाई ध्यान दिउँ र स्वदेशमै रोजगारीको अवसरको श्रृजना गरौं ।