Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

आउँदो बर्ष भित्र एक घर एक धारा सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ: प्रेमबहादुर तिमल्सिना

Saturday, August 21, 2021 National Power

  काभ्रेपलान्चोक – जिल्लाको बेथानचोक गाउँपालिका र रोटरी क्लब बौद्धको संयुक्त लगानीमा नेपाल स्वास्थका लागि पानी(नेवा) को प्राबिधिक सहयोग र सिउरानी भन्ज्याङ्खर्क खानेपानी तथा सरसफाइ समिति गरि चार पक्ष बिच बेथानचोक -६ भुग्देउमा खानेपानी आयोजना सम्पन्न गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यहि भाद्र ५ गते रोटरी क्लब बौद्धका तर्फबाट अध्यक्ष आङ् कुसाङ शेर्पा , बेथानचोक गाउँपालिका तर्फबाट गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी , नेवा संस्थाका तर्फबाट प्राबिधिक प्रबन्धक अरुण कुमार श्रेष्ठ र सिउरानी भञ्ज्याङ्खर्क खानेपानी तथा सरसफाइ समितीका अध्यक्ष राम बहादुर तामाङ बिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बेथानचोक गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीका अनुसार बेथानचोक गाउँपालिका -६ भुग्देउका करिब २३३ घरधुरीले उक्त खानेपानी आयोजना सम्पन्न भएपछी खानेपानी सुबिधा प्राप्त गर्नेछन भने खानेपानी आयोजनाको कुल अनुमानित लागत करिब २ करोड छ ।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले गाउँपालिकाले आउँदो आर्थिक बर्ष भित्र गाउँपालिका भित्र एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने गरि काम अगाडि बढाए अनुसार नै समझदारी भइरहेको एक घर एक धारा कार्यन्वायन हुन बाँकी गाउँपालिकाका अन्य बस्तीहरुमा पनि खानेपानी ब्यवस्थापन गर्न यसैगरी संघसंस्थाहरु समन्वय र सहकार्यमा गाउँपालिकाले एक घर एक धाराको कार्यक्रम सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

हाल भुग्देउना संचालन हुने यश खानेपानी आयोजना सम्पन्न गर्न नेवा संस्था मार्फत रोटरी क्लब बौद्धले बयानब्बे लाख तृयत्तर हजार नौसय त्रिचालीस रुपैयाँ रकम उपलब्ध गराउनेछ भने बेथानचोक गाउँपालिकाले पचास लाख बजेट उपलब्ध गराउनेछ र बाकी जनसभागिता लगाएत अन्य स्रोतबाट खानेपानी योजना सम्पन्न हुने गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए ।