Monday 20th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

विद्यार्थीहरुको भविष्यमाथि खेलवाड

Friday, August 20, 2021 National Power

क्याम्पसले पठनपाठन बन्द गराएर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेकोमा विद्यार्थीहरुले आरोप लगाएका छन् ।  पूर्व सूचना बिना नै भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ पनि साउन १ गतेदेखि रोकिएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन । क्याम्पसमा अध्ययनरत ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो ब्याचमा अध्ययनरत विद्यार्थी आन्दोलित भएका छन् ।

चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रको लागि सिट नदिएको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय काभ्रे र धुलिखेल नगरपालिका, ध्यानाकर्षण गराएका छन् । उक्त विषयलाई लिएर विभिन्न सरकारी निकाय, नेपाल संस्कृत विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग समक्ष पत्र बुझाउँदा पनि कुनै सम्बोधन नभएको विद्यार्थीहरुको गुनासो छ । 

पठनपाठन बन्द भएको ३३ औँ दिनमा विद्यार्थीहरुले मन्डिकाटारमा शान्तिपूर्वक प्रदर्शन गर्दा प्रहरी बोलाएर धरपकड गरी प्रहरी कार्यालय चक्रपथमा हिरासतमा राख्नु अमानविय भएको विद्यार्थीहरुले बताएका छन् ।

क्याम्पसमा भौतिक पूर्वाधार, अस्पताल, प्रयोगात्मक कक्षाको लागि उपयुक्त शिक्षक तथा सर–सामाग्री, उपकरण लगायतको अभाव भएको, क्याम्पस स्थापनाको प्रथम वर्षदेखि नै अस्पताल सञ्चालनमा नआएको र झुठो अस्वासन दिएको, क्याम्सपमा विशेषज्ञ शिक्षकहरुको अभाव र पटक पटक शिक्षक परिवर्तन गर्नाले शैक्षिक गुणस्तरमा आँच आएकोमा विद्यार्थीहरुले चिन्ता व्यक्त गरे ।

यता विद्यार्थीहरुले क्याम्पसले पठनपाठन ठप्प पर्दा आफ्नो भविष्यमाथि खेलवाड गरेको भनेर आरोप लगाइरहदाँ क्याम्पस प्रशासन भने विद्यार्थीहरुले शुल्क नतिरेकाले पठनपाठन बन्द गरेको बताउँछ । केहि पैसा तिर्न बाँकी छ तर पैसा तिर्दैनौ भनेका छैनौ, कलेज खुलाउँनुस पैसा तिर्न समस्या नभएको विद्यार्थीहरुले बताएका छन् । तर प्रशासनले भने विद्यार्थीले शुल्क नबुझाउँदासम्म अध्ययन सूचारु नगर्ने अडान लिएको छ ।