Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अलिफ, सरितासँग डब्बुले ल्याए असारै मास

Sunday, August 15, 2021 National Power

काठमाडौं- गीतकार डब्बु क्षत्री झरी सम्बन्धि नयाँ गीत असारै मास।।।९झरी० लिएर आएका छन् । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ । ७ वर्ष अघि झरी सम्बन्धि गीति संग्रह झरी ल्याएका गीतकार डब्बु क्षत्रीको यो झरीको नयाँ सृँखला हो ।
भोगटे गीतबाट हिट भएका गायक अलिफ खान र गायिका सरिता भारतीले यो नयाँ गीत असारै मात्र।।।लाई गायका छन् । अलिफ खान पछिल्लो पुस्ताका रुचाईएका लोक गायक हुन् । सरिता र अफिलले लुडो र तास गीत पछि दोश्रो पटक यो गीतमा सँगै काम गरेका हुन् । गीत निकै राम्रो बनेको गायक अलिफको भनाई छ ।
यो गीतमा युवा सँगीतकार तथा सँगीत संयोजक राजेन्द्र बजगाईंको संगीत रहेको छ । यो गीतको सँगीत सँयोजन पनि राजेन्द्रले नै गरेका छन् । यसको सँगीत कर्णप्रिय बनेको छ । मनोज परियारलाई यो गीतलाई मिक्सिङ गरेका हुन् ।
यो गीतको भिडियोमा अभिनेता प्रदीप बास्तोल र गायिका सरिता भारतीले मोडलिङ गरेका छन् । यो लोक भाकाको गीतमा प्रदीप र सरिताको नृत्य एवम् अभिनय आकर्षका छ । आफुहरुले दर्शकबाट राम्रो प्रतिक्रिया अहिले भिडियोबाट पाईरहेको अभिनेता प्रदीपले बताए । यसपटक आफुले यो गीतको भिडियोमा बिगतको भन्दा केही राम्रो नृत्य गरेको सरिताको भनाई छ ।
भिडियोलाई गीतकार डब्बु क्षत्री आफैंले निर्देशन गरेका हुन् । यस अघि वर्षात ऋतु तथा झरी सम्बन्धि आठ वटा ७ वटा गीत ल्याईसकेका क्षत्रीको यो आठौं झरी गीत हो । उनका अर्को पनि झरी गीत तयार छ । गीतको भिडियोलाई अग्रज नृत्य निर्देशक सुवास बुढाथोकीले कोरियोग्राफी गरेका हुन् । टंक केसीको छायाँकन रहेको यो गीतलाई सम्पादक सुरेश कुमार राउतले सम्पादन गरेका हुन् । जसमा दिलमायाँ मगरको ड्रेस डिजाईन, शोभा श्रेष्ठको सृँगार छ ।