Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

सार्वजनिक भयो चलचित्र कुईनेटोको प्रोमो (टिजर)

Friday, August 13, 2021 National Power

काठमाण्डौ– मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको टिजर (प्रामो) ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ । सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् ।

हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ ।

निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्धन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन हरेको छ भने चलचित्रमा सन्तोष श्रेष्ठ, श्रेयसी चेम्जोङ, यूवराज चौलागाई, राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर शव्द र संगीत रहेको छ ।