Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

भुम्लु गाउँपालिका अध्यक्षलाई बदनाम गराउने उदेश्य लिएर आरोप लगाए ; प्रेम लामा

Monday, August 9, 2021 National Power

काभ्रेपलान्चोक – केही अनलाइन तथा सामाजिक संञ्जालमा भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुंवरको नाम जोडेर कुटपिट गरेको भन्दै आएको समाचारको सत्यता नभएको नेकपा एमाले भुम्लु गाउँपालिका संयोजक, समाज सेवि तथा युवा नेता प्रेम लामाले बताउनु भएको छ । भुम्लु गाउँपालिका वडा नं ४ का तुलसी कुंवरले पुरानो कुरालाई जोडेर हातपातको आरोप लगाउनु भएको कुरामा केही सत्यता नभएको हो ।                                                             लामाले भन्नू यो गाउँपालिका अध्यक्षलाई बदनाम गराउने उदेश्य लिएर गरेको गतिविधि हो । नेकपा एमाले भुम्लु गाउँपालिका परिवार यस्तो भ्रामक , अतिरञ्जित, कपोकल्पित समाचार प्रती खेद प्रकट गर्दछ । चरीत्र हत्या ,बदनाम गर्नु कानुनी अपराध हो । कपोकल्पित समाचारको पछि नलाग्न हामी सम्पुर्ण नागरिकलाई अनुरोध गर्दछौं ।