Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

गीतकार खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ सार्वजनिक

Monday, August 2, 2021 National Power

काठमाण्डौ – पेशागत रुपमा कुशल गीतकारको छबी बनायका प्रिय गीतकार अनिल खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ बजारमा आएको छ। पछिल्लो समयमा लाइभ दोहोरीबाट चर्चामा आयकी गायिका आशा बि सी ले उक्त गीतमा सुमधुर आवाज भरेकी छिन । गीतकार खनालले नेपाली लोक जीवनको परिवेशलाई टपक्क टिपेर गीतमा गुथेका छन् गीतको लय एवं संगीत पनि स्वंयम खनालले नै गरेका हुन् । “घिन्ताङ घिन्ताङ मादल बज्यो सारङ्गी झैँ मन रेटी नाँचे बरिलै । ए आमा‘ यो तीजमा माइत आउन पाइन । अर्को साल आउँला नि बाँचे बरिलै । जस्ता ग्रामीण जीवनको मर्मपरक शब्दहरु समाहित गितको भिडियोमा पनि सुन्दर पक्षहरु धेरै भेटिन्छन ।

विवाह गरेर घरमा गएकी चेली बर्षाको समयमा माइत आउन नसकेको भन्दै तीजमा आमासँग अर्को सालमा आउने बिलौना गरिरहेकी पात्रलाई भिडियोमा हेर्दा हरेक नारी हिर्दय छुन्छ नै ।

गीतका एरेन्जर चुमान काउछाले निर्देशन गरेको म्युजिक भिडियोमा आशा बिसी र केशव पाण्डेको अभिनय रहेको छ । मञ्जरी क्रियशन यूट्युब च्यानल मार्फत बिहीवारबाट बजारमा आएको यो गितको भिडियो सम्पादन नारायण मगरले गरेका हुन्। अनिल खनालका सय भन्दा बढी गीत नेपाली गीत संगीत बजारमा छन ।