Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

निर्मलालाई एक नारीको खुला पत्र : ‘नारी समाज फुटाउनेले समाज कसरी जोड्न सक्छ ?

Saturday, July 31, 2021 National Power

निर्मला जी नमस्कार  । गैर आवासिय नेपाली संघ पोर्तुगलको महिला उपाध्यक्षमा उमेद्वारी दिएको कुरा ढिलागरी चाल पाएँ । तपाईका फेसबुक र निर्बाचनका प्रचार सामाग्री हेर्दा एकातिर हाँसो उठ्यो भने अर्कोतिर दुःख पनि लाग्यो । तपाइका हरेक प्रचार सामाग्रीमा स्वच्छ समाज निर्माण र समाजलाई जुटाउने भन्ने थियो । अरु पनि धेरै काम गर्छु भन्नुभएको रहेछ । हिजो नेपाली नारी समाज फुटाएर जाने तपाई नै होइन ? तर अहिले आएर समाज मिलाउने कुरा गर्दै आउनुभएको छ । भइरहेको संस्थालाई पद लोभका कारण फुटाएर अर्को संस्था खोल्नुभो, त्यसमा आफैं हालीमुहाली गर्नुभो । जुन कुरा समाजले प्रष्ट तरिकाले बुझेको छ । तपाईको मुल्यांकन गरेको छ ।
नारी समाजको दोश्रो अधिबेशन २०१९र२१ लाई अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर भब्य गरी मनाउने योजना हामी दिदी बहिनीबीच भएको थियो । भनेजस्तो पद नभएपछि बैठकदेखि अधिवेशन सबै बहिष्कार गरेको प्रमाण हामीसँग छ । त्यसको साक्षी समाज छ । हामीले स्वच्छ समाज निर्माणका लागि २०१४ जुन २३ मा संस्था गठन गरेका थियौं । तर तपाई अहिले ७ बर्षपछि बल्ल स्वच्छ समाज निर्माण गर्न भनेर एनआरएनमा जान लाग्नुभएको छ । तपाई आफैं मनन गर्नुस की नारी समाज फुटाएर आज तपाई पहिलाकै स्थितीमा आइपुग्नुभएको छ । त्यो नेपाली समाज बिग्रिएको तपाईहरु जस्ता दुई चार जना महिला र तपाईहरुलाई साथ दिने केही पुरुषहरु रहेका छन ।
बिभिन्न माध्यमबाट पोर्तुगल आयका दिदिबहिनिहरुको दुखसुख, अनुभव शेयर गरि बिदेशिभुमिको बसाइ सहज बनाउन महिलाहरुको सङगठनको आबश्यकता महशुस गरि संस्था जन्माइएको थियो । जहाँ तपाइले कसैको लहडका भरमा समाज फुटाउनुभयो । यो घटनालाई जति व्याख्या गरेपनि सकिदैन । तपाईले समाज त भाँड्नुभो आफु नजिककालाई पनि बोकेर महिला समाज गठन गर्नुभो । आफैं अध्यक्ष भएर काम गर्दा पक्कै पनि थाहा पाउनुभयो होला काम गर्दा कति असहज परिस्थितको सामना गर्नुप¥यो भनेर । तपाईकै कार्यकालमा पाँच जना पदाधिकारीले राजीनामा दिएर महिला समाज र तपाईको साथ छाडेको घटना पनि त ताजै छ । तपाईले मनपरी नगरेको भए उनिहरुको राजिनामा कसरी आउँथ्यो त ?
बिदेशि भुमिमा स्थापना गरिएको समाजलाइ निरन्तरता दिनु त कता हो कता आफ्नो पद र जिम्मेवारीको ख्याल नगरि गुट उपगुट बनाएर हिंडेको व्यक्तिले एनआरएनमा महिला उपाध्यक्षको काम कसरी गर्ला रु तपाईंका कृयाकलापले हामी दिदिबहिनिको आत्मसम्मानमा ठुलो चोट पुगेको छ । तपाइले दिनुभएको उम्मेदवारी र प्रतिबद्धता ले त्यो नमिठो समय को सम्झना गराइ दियो । अन्तमा खुला पत्रसँगै पोर्तुगलमा रहेका दिदी बहिनी दाजुभाइहरुलाई समाज फुटाउने मनशाय बोकेकाहरु सँग टाढैं बस्नु उचित हुन्छ भन्न चाहन्छु ।
खोक्रो चुनावी नाराले समाजको हित हुँदैन त्यसैले आफ्नो मतको अधिकारलाई सही ठाउँमा प्रयोग गर्न अनुरोध गर्दछु । जसले महिलाको हक अधिकारका साथै दुखसुखमा साथ दिएको छ उसलाई मात्रै मत हाल्न आग्रह गर्दछु ।
जय नारी !