Tuesday 19th March 2024

    भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर स्थापनासहित पदस्थापना    चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै    द नेशनल डिजाईनर रनवे २०२४ को उपाधी विजेतामा अस्मिता श्रेष्ठ    Asmita Shrestha bags the title of ‘The National Designer Runway 2024’    मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

ओलम्पिकको एकै संस्करणमा जापानले जित्यो अहिलेसम्मकै धेरै स्वर्ण

Saturday, July 31, 2021 National Power

काठमाडौं –  जापानले आफ्नै देशमा भइरहेको टोकियो ओलम्पिक २०२० मा १७ स्वर्णपदक जितिसकेको छ । यसअघि धेरै स्वर्ण जित्नेमा अगाडि रहने अमेरिका र चीनलाई यस पटक जापानले टक्कर दिइरहेको छ । त्यति मात्र होइन जापानले एकै ओलम्पिकमा सर्वाधिक स्वर्ण समेत जितेको छ । शुक्रबार फेन्सिङ अन्तर्गत पुरुष इपीमा टिममा स्वर्ण जितेपछि जापानले ओलम्पिक इतिहासमै एकै संस्करणमा १७औं स्वर्ण जितेको हो । जापानले यसअघि सन् १९६४ मा आफैं आयोजक हुँदा २००४ को एथेन्स ओलम्पिकमा समान १६ स्वर्ण जितेको थियो ।

घरेलु भूमिमा भइरहेको ३२औं गृष्मकालिन ओलम्पिकमा जापानले अहिलेसम्म जुडोबाट ९ स्वर्ण जितिसकेको छ । यस्तै पौडीबाट युई ओहासीले एक्लै दुई स्वर्ण जितिन् । पहिलो पटक ओलम्पिकमा समावेश स्केटबोर्डिङमा जापानले दुई स्वर्ण जित्दा मोमीजी निसिया ओलम्पिकमा स्वर्ण जित्ने जापानको सबैभन्दा कान्छी खेलाडी बनिन् ।

यस्तै जापानले टेबल टेनिस मिक्स्ड डबल्स र पुरुष फेन्सिङमा पनि स्वर्ण जितेको छ । जापानले आठौं दिनसम्म आइपुग्दा ४ रजत र ७ कास्य समेत जितेको छ । अझै ९ दिनको खेल बाँकी रहेकाले जापानले पदक थप्ने सम्भावना धेरै छ । जापान १७ स्वर्णसहित दोस्रो स्थानमा छ । १९ स्वर्ण जितेको चीन शीर्ष स्थानमा छ ।

जापानले एथेन्समा १६ स्वर्ण जित्दा २८ खेलको ३०१ इभेन्ट समावेश थियो । यसपटक ३३ खेलको ३३९ इभेन्ट समावेश छ ।