Tuesday 19th March 2024

    भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर स्थापनासहित पदस्थापना    चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै    द नेशनल डिजाईनर रनवे २०२४ को उपाधी विजेतामा अस्मिता श्रेष्ठ    Asmita Shrestha bags the title of ‘The National Designer Runway 2024’    मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

बागमती प्रदेशका कोरोनाबाट हालसम्म ४ हजार बढीको मृत्यु

Friday, July 30, 2021 National Power

काठमाण्डौ – बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट हालसम्म ४ हजार ३९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा प्रदेशका १३ जिल्लाका कुल संक्रमितको १ दशमलव ०८ प्रतिशत अर्थात ४ हजार ३९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  ५ जना पुरुष रहेका छन् भने ३ जना महिला रहेका छन् । कोरोना संक्रमणका कारण काठमाडौं र भक्तपुरमा २–२ जनाको मृत्यु भएको छ भने धादिङ, दोलखा, मकवानपुर र सिन्धुपाल्चोकमा १–१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोतम सेढाइँले जानकारी दिए ।

बागमती प्रदेशमा २१ लाख ९२ हजार ४ सय ७४ जनाको कोरोना परीक्षण गर्दा ३ लाख ७२ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यो कुल परीक्षणको १६ दशमलव ९९ प्रतिशत हो ।बागमती प्रदेश रहेका कुल संक्रमित मध्ये करिव ९६ प्रतिशत संक्रमणमुक्त भएका छन् । प्रदेशका १३ जिल्लाका कुल ३ लाख ७२ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएकोमा ३ लाख ५७ हजार ४ सय ६१ जनामा कोरोना संक्रमण निको भएको मन्त्रालयको तथ्याङ्क रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका ७ सय ७१ जनामा कोरोना संक्रमण निको भएको छ ।

सक्रिय संक्रमितको संख्या ११ हजार नजिक यसैगरी बागमती प्रदेशमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार नजिक  रहेको छ । प्रदेशको काठमाडौं उपत्यका सहितका जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९७ जना रहेको छ । जसमध्ये होम आइसोलेशनमा ९ हजार ३ सय २२ जना रहेका छन् भने १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसीयू, भेन्टिलेटर, एचडीयू र संस्थागत आइसोलेशनमा बसिरहेका छन् । प्रदेशका १३ जिल्लाको विभिन्न अस्पतालले संचालन गरेको आईसीयूमा ३ सय ८१ जना, एचडियूमा ७ सय ९ जना, भेन्टिलेटरमा ८६ जना, सामान्य उपचार कक्षमा २ सय १६ जनाको उपचार भइरहेको प्रवक्ता डा. सेढाइँले बताए । २ सय ३८ जना कोरोना संक्रमितहरु भने प्रदेशमा विभिन्न स्थानीय तह, अस्पताल र संस्थाहरुले संचालन गरेको संस्थागत आइसोलेशनमा बसिरहेको उनले बताए ।