Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

एमसिसी बिरुद्ध माईतीघरमा उर्लिए बीर गोर्खाली

Thursday, July 29, 2021 National Power

काठमाडौं – यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा नेपालमा पारित गराउनको लागि प्रस्तुत भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई रोक्न काठमाडौंमा बृहत जुलुस गरिएको छ ।

राजाबादीहरुको संस्था ‘बीर गोर्खाली’ले काठमाडौंको माईतिघर मण्डलामा मंगलबार दिउँसो १ बजेबाट ३ बजेसम्म दुई घन्टा एमसिसी बिरुद्ध विरोध तथा धर्ना कार्यक्रम आयोजना ग¥यो । बीर गोर्खालीका अध्यक्ष बसन्त बिक्रम पाण्डेको नेतृत्वमा आयोजना गरिएको सो धर्ना कार्यक्रममा सहभागीहरुले एमसिसी बिरुद्धको प्लेकार्ड, व्यानर प्रस्तुत गर्दै जुलुस नारा लगाएका थिए ।

एमसिसी देशका लागि साह्रै नै घातक भएको दाबी गर्दे यसलाई नेपालमा पारित नगराउन उनीहरुले सो कार्यक्रममा दवाव दिएका थिए । ‘देश डुब्न लागिसक्यो, राजा हामीलाई चाहिसक्यो’ सहित एमसिसी बिरुद्ध विभिन्न नाराहरु उनीहरुले सो क्रममा लगाएका थिए ।विरोध सभामा बीर गोर्खालीका करिब एक हजार सदस्यहरु सहभागी भएका थिए । सो धर्ना कार्यक्रमसँगै बीर गोर्खालीले मँगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालमा एमसिसी सम्झौता नगर्न माग सहितको ज्ञापनपत्र बुझाएको छ । बीर गोर्खालीका अध्यक्ष बसन्त विक्रम पाण्डेको सँयोजकत्वमा सो सँगठनका तर्फबाट ज्ञापनपत्र बुझाईएको हो ।

धर्ना सभालाई समापन गर्दै अध्यक्ष पाण्डेले नेपाल जस्तो गरिब मुलुकमा एमसिसी सम्झौता गर्नु देशकै लागि घातक हुने बताए । बिगतमा विभिन्न देशले एमसिसी सम्झौता गर्दा ती देशले भोग्नु परेको समस्या र देशमाथि भएको घातबारे पनि उनले कार्यक्रममा प्रकाश पारे । सोही कारण पनि आफुहरु एमसिसीलाई नेपालमा लागू हुन कुनै पनि हालतमा नदिने पक्षमा रहेको पनि उनले सो कार्यक्रममा प्रकाश पारे ।