Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

वातावरण मैत्री समाजको पहलमा सुकुम्बासी वालवालिकाको भर्ना

Wednesday, July 21, 2021 National Power

गीता सिंह  – व्यवसायी स्याम भट्टराइको सहयोगमा सुकुम्बासी बस्तीका दुई जना वालवालिकाहरुलाइ वातावरण मैत्री समाजले विद्यालय भर्ना गरेको छ ।  अहिले लाई एक वर्ष सम्म भनेर  त्रीपुरेश्वर स्थित विस्व विद्या निकेतनमा उनिहरुलाई भर्ना गरिएको र सहयोग जुट्दै गए आगामी दिनहरुमा पनि  ति वालवालिकाहरुको शिक्षा दिक्षा निरन्तर राख्ने वातावरण मैत्री समाजका अध्यक्ष राधे श्याम मिश्रले बताए । मिश्र लगायत उनको संस्थाले काठमाण्डौ महानगरपालीका वडा नम्बर – ११ बन्सीघाट का रोयल श्रेष्ट र कौशल थापालाई क्रमशः एल केजी र नर्सरीमा भर्ना गरेका हुन् ।  वातावरण सरसफाई र जगेर्ना गर्ने उदेश्यले स्थापना गरिएको  वातावरण मैत्री समाजले विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय भमिका खेल्दै आइृरहेको छ