काठमाडौं – दश वर्षीया सफलता श्रेष्ठ ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीत लिएर दर्शकमाझ आएकी छन् ।उनको स्वर र अभिनय रहेको गीतको भिडियो बिहीबार गोल्डेन क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई सन्तोषले नै लेखेका हुन् भने दवेन्द्र नेवाःको संगीत संयोजन छ । हेम प्रभास अधिकारीको निर्देशन र समीर थकोरको कोरियोग्राफी रहेको गीतको भिडियोमा सफलतालाई नै फिचरिङ गरिएको छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ ।
अनामनगरको नेपाल मेघा स्कुलमा कक्षा ६ मा अध्ययनरत सफलता गीतसंगीत र अभिनय भनेपछि हुरुक्क हुनुहुन्छ । यो सार्वजनिक गीत उहाँको पहिलो गीत हो । उहाँका बुबा सन्तोष श्रेष्ठ नेपालका ख्यातिप्राप्त संगीतकार हुन ।
सन्तोषले थुप्रै गीतमा स्वर समेत दिएका छन् भने उनले संगीत गरेका गीतले विश्व रेकर्ड समेत राख्न सफल भएका छन् । सफलताले बाबुकै पदचाप पछ्याउने छनक यो सार्वजनिक गीतले दिएको छ । बाल गायिका सफलतालाई हाम्रो पनि यस कार्यका लागि शुभकामना ।