Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

काभ्रेमा गठन भयो मोबाइल व्यवसायीहरुको संघ

Saturday, July 10, 2021 National Power

बनेपा- मोबाइल व्यापारीहरुको हक हितको लागि मोबाइल व्यवसायीहरुको संघ गठन भएको छ । 

काभ्रेका मोबाइल व्यवसायीहरु एक जुट भएर संगठित भएका छन् । लामो समयदेखि मोबाइलको व्यवसायमा लागेका व्यवसायीहरुले काभ्रे मोबाइल व्यवसायी संघ गठन गरेका हुन् । मोबाइल व्यवसायीहरुको हकहित र स्वच्छरुपमा व्यवसाय प्रवर्द्धनका लागि संघ गठन गरिएको मोबाइल व्यावसायि संघका सदस्य दिपेन्द्र श्रेष्ठले राम्रो सन्देश लाई जानकारी दिए ।

संघको अध्यक्षमा सत्य श्रेष्ठ, उपाध्यक्षमा प्रेम दाहाल, सचिवमा पवनराज कर्णजित र कोषाध्यक्षमा मधुर दाहाल चयन भएका छन् । यस्तै सह- सचिवमा अमिर रन्जित, सह-कोषाध्यक्षमा विशाल ढकाल तथा कार्यसमिति सदस्यहरुमा दिपेन्द्र श्रेष्ठ, सुजन ताम्राकार र रोशन श्रेष्ठ चयन भएका छन् ।