Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

रत्न कुश रंजितले गरे आगलागी भएको परिवार लाई जस्ता पाता सहयोग

Sunday, July 4, 2021 National Power

काभ्रेपलान्चोक – एमालेका युवा नेता, समाजसेवि तथा युवा व्यवसायी रत्न कुश रंजितले कोभिड–१९ को प्रभावले समस्यामा परेका १२ सय घर परिवारलाई खाद्यान्न वितरण गर्नुको साथै
घरमा आगलागी भएको परिवार लाई जस्ता पाता सहयोग गर्नु भएको छ ।

यातयातको असुविधा साथै आर्थिक अवस्था कमजोर हुदा जस्ताको पाता खरिदमा समस्या लगायतका बाध्यताले ग्रामीण भेगका मानिसहरुले खरले छाएको छाना मुनी जीवन यापन गर्न बाध्य छन् ।

बनेपा नगरपालिका वडा नं १२ को स्थानिय कमला दर्जी र मिठु दर्जीको घरमा आगलागी हुँदा चार लाख बराबरको क्षेति भएको थियो । करेन्ट सट भएर असार ९ गते ११ बजे तिर घरमा आगलागी हुदाँ घरमा भएको खाद्यान्न, लत्ताकपडा, गरगहना , नगद पैसा गरी चार लाख बराबरको क्षेती भएको थियो ।

वडा अध्यक्ष राम बहादुर कुँवरका अनुसार कमला दर्जी र मिठु दर्जीको घर परिवारको आय श्रोत केही पनि नभएको र घर परिवारमा कमाएर ल्याउन सक्ने कोही पनि नएको कारणले समाजसेवि रत्न कुश रंजित लाई आग्रह गरेको हो र उहाँले आज नै आएर ३६ पाता जस्ता हस्तान्तरण गर्नु भयो ।

करेन्ट सट भएर असार ९ गते ११ बजे तिर आगलागी हुदाँ घरमा भएको खाद्यान्न, लत्ताकपडा, गरगहना , नगद पैसा गरी चार लाख बराबरको क्षेती भएको पिडित कमला दर्जीले बताउनु भयो । रंजितले गरेको यो सहयोग हाम्रो लागी धेरै ठुलो हो भन्दै दर्जी भावुक हुनुभयो र आफ्नो घर निर्माणका लागि यति धेरै सहयोग गर्दिनु भएकोमा खुसी व्यक्त गर्नु भयो ।

उता रत्न कुश रंजितले कोभिड १९ को माहामारीको बेलामा १२ सय घर परिवार लाई राहत बितरण गर्नु भएको थियो । यसै शिलसिलामा बनेपा नगरपालिका वडा नं १२ कमला दर्जीको घरमा आगलागी हुदाँ सबै सामाग्री नष्ट भएको खबर पाउन साथ आएर ६ बंडेल ३६ पाता जस्ता हस्तान्तरण गरेको बताउन ुहुन्छ । उक्त घर परिवारको आए श्रोत निकै कम र क्षेति पनि धेरै भएको कारणले वडा अध्यक्ष राम बहादुर कुँवरले केहि सहयोग गर्न सकिन्छ कि भनेर फोन गर्नु भयो त्यसको साथै मैले सहयोग गरेको हुँ रत्न कुश रंजितले भन्नु भयो । उहाँ भन्नु हुन्छ मैले यति सहयोग गरेर पिडित परिवार खुसि भएका छन् म पनि सन्तुष्ट भएको छु ।

नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएका झण्डै १२ सय लाई खाद्यान्न वितरण गरेको अर्का युवा नेता बिक्रम प्रजापति बताउनु भयो उहाँले भन्नु भयो दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका वडा नं १२ को विपन्न दर्जी परिवारलाई रत्न कुशले ६ बडेल ३६ वटा जस्ता पाता सहयोग गर्नु भएको छ ।

जस्ता पाता हस्तान्तरण कार्यक्रममा बनेपा नगरका युवानेता सगर कपालिको उपस्थिति रहेको थियो भने रत्न कुश रंजितले गरेको यो पहिलो सहयोग होइन उहाँले यो भन्दा अगाडि पनि धेरै सहयोग गरेका उदाहरण पनि छन । यस्तैयस्तै, हरेक प्रकारका सामाजिक काममा अग्रसर रहेर समाजसेवामा जुटिरहेका छन् समाजसेवी रत्न कुश । यस्तै असल पथप्रदर्शकहरुबाटै समाज रुपान्तरणमा केही आशा गर्न सकिन्छ ।