Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

कोभिड –१९ को तेस्रो भेरियन्ट फैलन नदिन समयमै सचेतना कार्यक्रम सञ्चालन गर्ने

Thursday, July 1, 2021 National Power

काठमाडौ – कोभिड–१९ विरुद्धको निःशुल्क सेवा अभियानले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अध्यक्षतामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी अभियानले आजसम्म गरेका कार्य र भावी योजनाका बारेमा निम्नानुसारको जानकारी दिनुभएको छ।

अभियानले ओम समाज डेन्टल अस्पतालले एउटा एम्बुलेन्सबाट सुरु गरेर १७ वटा एम्बुलेन्स मार्फत सञ्चालन गर्दै आएको कोभिड –१९ विरुद्ध निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रम हाललाई स्थगित गर्ने भएको छ । कोभिडको संक्रमण दर घट्दै गएको र सरकारले बन्देज लगाएको यातायात सेवा सुचारु हुने भएकाले उक्त कार्यक्रम हाललाई स्थगित गरिएको र परिस्थिति जटिल बन्दै गएमा पुनः सेवा सञ्चालनमा ल्याउने भएको छ ।

अभियानले समाजमा खोपप्रति अझै पनि कतिपय नागरिक सकारात्मक नभइरहेको, संक्रमितले समाजबाट दुर्व्यवहार बेहोर्नुपर्ला भन्ने भयले रोग लुकाउने, अस्पताल नजानेजस्ता कार्य भइरहेको र कतिपयमा घरेलु औषधीले नै निको हुने वा धामी, झाँक्रीबाटै उपचार हुने धारणा रहेको कारणले मनोसामाजिक परामर्शको आवश्यकता अझै पनि भएको ठहर गरेको छ । यसका साथसाथै रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली, महोत्तरी र लाहानको विभिन्न ठाउँमा भर्खरै सम्पन्न मेची–महाकाली मनोसामाजिक परामर्श अभियानलाई बाँकी जिल्लामा पनि निरन्तरता दिने भएको छ ।

निःशुल्क एम्बुलेन्स सेवा स्थगन गरे पनि यो अभियान अति विपन्न तथा निसहाय जनले उपचार नपाई ज्यान जाने अवस्था नआओस् भन्ने विषयमा संवेदनशील छ । यसर्थ निःशुल्क उपचार सेवा अभियानलाई स्थायित्व र निरन्तरता दिन हाललाई निःशुल्क क्लिनिक सञ्चालन गर्ने भएको छ । साथसाथै यसलाई विस्तार गर्दै तत्काललार्ई घटीमा सयजना सदस्यबाट निश्चित रकम जुटाई निःशुल्क अस्पताल स्थापना गरिनेछ ।

विविध कारणले मानिसका घरमा लत्ताकपडा प्रयोगमा नआई थन्किएर बसिरहेको हुन्छ । कसैको नयाँ फेसन आएपछि पुरानो शैलीको लुगा नलगाउने बानी हुन्छ त कसैको शरीर दुब्लो भएर वा र मोटो भएर आफ्नै लुगा आफैँलाई ठिक नहुन सक्छ । यस्तो अवस्थामा लुगा प्रयोगमा पनि आउँदैन तर घरमा ठाउँ भने ओगटिन्छ । यस्ता लत्ता कपडालाई र निःशुल्क वितरण गर्नका लागि अभियानले निःशुल्क लुगा–कपडा बैंक ९ँच्भ्भ् ऋीइत्ज् द्यब्ल्प्० स्थापना गर्ने भएको छ । जसलाई आवश्यक छैन, तिनले यस बैंकमा कपडा निःशुल्क जम्मा गर्ने छन् भने जसलाई आवश्यक छ, तिनले निःशुल्क लिएर जाने छन् । निःशुल्क लुगा–कपडा बैंकले वितरण गर्ने कपडालाई धुलाई र आइरन गरी पुनः प्रयोगको लागि उपयुक्त बनाएर मात्र वितरण गर्ने छ ।

निःशुल्क अभियानले अहिलेसम्म गरेका कार्यहरूको विवरण 
निःशुल्क स्वास्थ्यसेवा अभियानले हालसम्म काठमाडौंमा १५० वार्डको अक्सिजन सहित आइसोलेसन सेवा सञ्चालनमा गरेको छ ।
२ हजारभन्दा बढी बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा सहित उपचार प्रदान गरेको छ ।
३ हजारभन्दा बढी व्यक्तिहरुलाई निःशुल्क परामर्श सेवा प्रदान प्रदान गरेको छ ।
२ हजारभन्दा बढी बिरामीहरुको उद्धार गरेको छ ।
गण्डकी प्रदेशमा – कोभिड डेक्सको सञ्चालन गरी सात सय बिरामीहरुको उपचार गरेको छ ।
१ हजारभन्दा बढी व्यक्तिहरुलाई निःशुल्क मनोपरामर्श सेवा प्रदान गरेको छ ।

कार्यक्रममा अभियन्ता डा. सुवास घिमिरेले सुरुसुरुमा कोभिड बिरामीलाई एम्बुलेन्सले बोक्नै अफ्ठेरो मानिरहेको अवस्था थियो, यसकै फाइदा उठाएर पाँच किलो मिटर एम्बुलेन्स गुडाउँदा बिरामीसँग ३० हजारसम्म लिएको देखेपछि आफूहरूले निःशुल्क एम्बुलेन्स सेवा अभियान चलाएको बताउनुभयो । उहाँले कोभिड १९ बारे पनि विस्तृत रूपमा जानकारी गराउनु भएको थियो ।
अभियन्ता अभिनेता निखिल उप्रेतीले राजनीतिक महामारी पनि प्राकृतिक महामारी जत्तिकै भयानक भएको र सबै नागरिकमा देशप्रेमको भावनाको अभिवृद्धि गर्नु आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
अभियन्ता एनप्याब्सनका पूर्वसभापति कर्णबहादुर शाहीले हालको परिस्थितिमा शिक्षा क्षेत्रालाई ध्यान नपुर्‍याउने हो भने आगामी दिनमा सबै क्षेत्र अपांग बन्न जाने भयावह स्थिति आउने कुरा बताउनु भएको थियो ।

अभियन्ता ज्ञानेन्द्र शाहीले यस्ता कार्यक्रममा राज्यको सहयोग हुनुपर्ने धारणा राख्नुभएको थियो ।

अभियन्ता समाजसेवी दिनेशकुमार मगरले मेची–महाकाली मनोपरामर्श अभियानलाई अझ प्रभावकारी बनाउने बताउनु भएको थियो ।

सर्वेन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा देवप्रकाश त्रिपाठी, रामप्रसाद दाहाल, नरबहादुर कटुवाल, लेखनाथ दाहाल, युग पाठक, केशव दाहाल, बीपी तिमल्सेना, शम्भूप्रसाद घिमिरे, विनोद दाहाल, डा।शम्भा घिमिरे, मुना विश्वकर्मा ‘साधना’, जयप्रसाद दाहाल, अभियन्ता शोभा गुरुङ लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सहजीकरण गान्धर्वराज पौडेलले गर्नुभएको थियो भने मल्टिपल डिस्ट्रिक जीएलटी कोअर्डिनेटर शम्भूप्रसाद घिमिरेले कार्यक्रमको हल र खाजाको प्रायोजन गर्नुभएको थियो ।