Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मौद्रिक नीतिको तयारी: होला त बैंकहरुको पुँजी वृद्धि ?

Thursday, July 1, 2021 National Power

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । तर, मौद्रिक नीतिको तयारी हुँदै गर्दा अहिले चर्चा पाएको विषय हो, बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि ।

कोरोना माहामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित बन्दा नेपालका बैंक तथा वित्तीय संस्था पनि अछुतो छैनन् । तुलनात्मक रुपले कम प्रभाव भएपनि सामान्य अवस्थाको भन्दा बढी प्रभावित देखिएका छन् ।

यस्तो अवस्थामा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजी वृद्धिको दबाव देलान् त भन्ने रातोपाटीको जिज्ञासामा राष्ट्र बैंकका मौद्रिक नीति लेखनको तयारीमै संलग्न मध्य एक अधिकारीले यो अड्कलबाजी बाहेक केही नभएको बताए ।

ती अधिकारीले भने, ‘अहिलेको यस्तो अवस्थामा पुँजी वृद्धि कति ठिक हो, त्यो उहाँहरुले नै सोच्नुपर्ने विषय हो । अहिलेसम्म यो विषयमा छलफल भएको छैन । मौद्रिक नीतिमा यो विषयले प्रवेश पाउने सम्भावना ज्यादै न्युन छ ।’

ती अधिकारीका अनुसार पुँजी वृद्धिको विषयमा राष्ट्र बैंकले अहिले छलफल गरेको छैन । पछिल्लो केही वर्षयता मौद्रिक नीति तयार हुने समयमा पुँजी वृद्धिको विषय जोडतोडका साथ उठ्ने गरेको छ । राष्ट्र बैंकले अहिलेसम्म लिएको मर्जर तथा एक्वीजीसन नीतिले विकास बैंक र फाइनान्स कम्पनीको संख्या निकै घटाएको छ ।

तर, वाणिज्य बैंकहरुको संख्या भने खासै घटेन । कतिपय विश्लेषकहरुले वाणिज्य बैंकहरुको संख्या नघटेको कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको टिप्पणी गर्दै आएका छन् । बाणिज्य बैंकको संख्या घटाउन विग मर्जरमा प्रोत्साहन हुनुपर्ने आवाज पनि सुनिँदै आएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७८ वैशाख मसान्तसम्म कुल २ सय २० बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १ सय ६६ संस्थाहरुको इजाजत खारेज हुन गई ५४ संस्था कायम भएका छन् ।