Tuesday 16th April 2024

    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक    चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने    नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपालमा

इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित

Monday, June 21, 2021 National Power

काठमाडौं –  इरान र विश्वका ६ शक्ति राष्ट्रहरुबीच सन् २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्ने उद्देश्यले हुँदै आएको वार्ता स्थगित भएको छ ।

अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँगको परमाणु सम्झौतालाई पुनः सक्रिय बनाउन भियनामा गर्दै आएको वार्ता स्थगित भएको हो । वार्तामा सहभागीहरु आ–आफ्नो देश फर्किएको बीबीसीले जनाएको छ ।

अधिकारीहरुले केही बुँदामा अझै पनि असहमति बाँकी रहेको र त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

इरानका शीर्ष वार्ताकार अब्बास अरकचीले भियनाबाट इरानको सरकारी टेलिभिजनसँग भनेका छन्, ‘हामी सम्झौतामा पहिलेभन्दा धेरै नजिक त छौं तर अझै पनि केही दुरीहरु छन् जसलाई पार लगाउन सहज छैन । आज हामी तेहरान फर्किने छौं ।’

बीबीसीका अनुसार वार्ता फेरि कहिले सुरु हुन्छ भन्ने निश्चित छैन । तर आगामी १० दिनमा फेरि वार्ता हुन सक्ने अपेक्षा गरिएको छ । सन् २०१५ को पमारणु सम्झौता बहाल गर्न गत वर्ष अप्रिलबाटै भियनामा वार्ता हुँदै आएको छ । ताकि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हटाउन सकियोस् र सम्झौतालाई पुरानै अवस्थामा फर्काउन सकियोस् ।

वार्ता चलिरहेको बेला इजरायलले इरानको परमाणु कार्यक्रमको कटु आलोचना गरेको छ । इजरेलका प्रधानमन्त्री नाफ्टाली बेनेटले अमेरिका र उसका साझेदारहरूलाई इरानको खतराबाट ‘ब्युँझन’आह्वान गरेका हुन् । इजरायलले इरानसँग भएको परमाणु सम्झौताको विरोध गर्दै आएको छ ।

इरानका अति पुरातनवादी विचार राख्ने एब्राहिम राइसी नयाँ राष्ट्रपतिको रूपमा शुक्रबार चुनिएका थिए । उनले आगामी अगस्टमा जिम्मेवारी सम्हाल्नेछन् । राइसीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । उनीमाथि राजनीतिक बन्दीहरूलाई विगतमा मृत्युदण्ड दिएको आरोप लाग्दै आएको छ ।

वार्ता स्थगित भएपछि सबैको ध्यान इरान र संयुक्त राष्ट्रसँग जोडिएको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका अन्य सम्झौतातर्फ तानिएको छ । यो सम्झौता २४ जूनमा समाप्त हुँदै छ । इरानलाई सन् २०१५ मा भएको परमाणु सम्झौतामा नजर राख्नका लागि अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले सुझाएका उपाय पालना गराउने सो सम्झौताको उद्देश्य हो ।