Monday 12th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

‘तिम्रो मुहारमा’ श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको रोमान्स

Saturday, June 19, 2021 National Power

काठमाडौं – लोक प्रिय गायक प्रविन बेडवालको आवाज श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको अभिनयमा ‘तिम्रो मुहारमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

गीतमा प्रमोद भट्टराई प्रतीकको शब्द,कृति न्यौपानेको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक प्रविन बेडवालको स्वर रहेको छ। प्रग्यस्वरी स्टुडियोमा रेकर्ड गरेको गीतलाई शम्भु तनडुकरले मिक्सिङ / मास्टरिङ र राजु कार्कीले संगीत संयोजन गरेका हुन्।

हेमप्रभास अधिकारीको निर्देशन अन्जु सुनारको कोरीयोग्राफर रहेको उक्त भिडियोमा श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ। अजय रेग्मीले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन,कलर गरेका हुन् । ‘तिम्रो मुहारमा’ म्यूजिक भिडियो ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । ‘तिम्रो मुहारमा’ म्यूजिक भिडियो प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको हो। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।