Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

नेपाली कांग्रेस ईमाडोल र शुभ श्रीले गर्‍यो रक्तदान

Saturday, June 19, 2021 National Power

रगत अभाबका कारण कोही कसैको ज्यान नजावस भनी शुभ श्री टोल बिकास सस्था र नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका १ २ ३ ४ समन्वय समितीको सयुक्त आयोजनामा शनिबार ललितपुरको ईमाडोलमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भयको छ ।
ब्लड डोनर्स एसोसियसन नेपाल र राष्ट्रबादी केन्द्र नेपाल र रक्तसन्चार सेवा भक्तपुरको प्राबिधिक सहयोगमा भयको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन १
यो प्राबिधिक टोलिले कोभिडको समयमा गरेको ५२ स्थानको रक्तसङ्कलन मध्य यो सबैभन्दा धेरै हो ।
नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदन अमात्यको प्रमुख आतिथ्यतामा भयको उक्त कार्यक्रममा दर्जनौ कांग्रेसी कार्यकर्ता जिल्ला सदस्यहरु तथा स्थानिय नेताहरुको बाक्लो उपस्थिती समेत थियो।
कोभिडको समयमा पनि पुन्यको काममा देखियको उत्साहलाई कांग्रेसी नेता मदन अमात्यले सराहना गर्दै अबको कांग्रेसको नेत्रित्त्व यिनै युबाहरुको प्रतिनिधि जमातले गर्नुपर्छ भन्दै नेपाली कांग्रेस यस्तै सामाजिक अभियानबाट जन्मियको पार्टी भयको बतायका छन